• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शनिबार, साउन २८, २०७९
शनिबार, साउन २८, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
  • ६ मिनेट 

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
  • ३ घण्टा 

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • १० घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • १० घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • १२ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • १३ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • १३ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • १३ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ३. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ४. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ५. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ६. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ७. चीन ताईवान विवाद किन?

  • ८. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ९. विभिन्न जिल्लामा मल पठाउन थालियो

  • १०. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

पुलचोक–गोन्द्राङ सडक विस्तार अभियान : घरटहरामाथि ‘बलजफ्ती’ डोजर

  •   २ महिना अघि

भरतपुर । भरतपुर विमानस्थल अगाडि रहेका घरटहराहरु ‘बलजफ्ती’ भत्काइएको छ । प्रहरी प्रशासनको बलमा डिभिजन सडक कार्यालय भरतपुरले विमानस्थलअगाडि रहेका सातवटा घरटहराहरु भत्काएको हो ।

विमानस्थलदेखि चौबिसकोठीसम्म ३२० मिटरमा परेमा सातवटा घरटहरा सडक डिभिजनले डोजरको प्रयोग गरेर भत्काएको छ । पुल्चोक–गोन्द्राङ सडक विस्तारको क्रममा परेका घरटहराहरु सम्पूर्ण प्रक्रिया पूरा गरेर हटाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालका निमित्त प्रमुख बाबुराम सपाकोटाले घरटहरा हटाउन सम्बन्धित धनीलाई पटकपटक आग्रह गरिएको बताए । उनले भने, ‘सडकको मध्येभागबाट दायाँबायाँ २५/२५ मिटरको क्षेत्र सडक क्षेत्राधिकार पर्छ । ती क्षेत्रमा परेका घरटहरा हटाउने जिम्मा डिभिजन सडक कार्यालयको हुन्छ ।’ उनका अनुसार सडक क्षेत्राधिकारमा परेका संरचना सूचना दिएर हटाइएको हो ।

उनीहरुले (घरधनीहरु) यस विषयलाई लिएर मुद्दा लड्छन् भने डिभिजन सडक कार्यालय पनि मुद्दा लड्न र खेप्न तयार भएको उनले बताए । सडकमा परेका घरटहरा हटाएर सडक विस्तार अभियानमा ढिलाइ भएको र जति भने पनि नछोडेका कारण बाध्य भएर घरटहरा भत्काउन परेको उनी बताउँछन् ।

असार ३१ गते सडक डिभिजनले तीनदिनको सूचना टाँसेर घरटहरा खाली गर्न निर्देशन दिएको थियो । तीनदिनको समय सकिएपछि मंगलबार सडकले प्रहरी प्रशासनको बलमा विमानस्थलअगाडि रहेका सातवटा घरटहरा हटाएको छ ।
भरतपुर विमानस्थलअगाडि रहेका सात घरटहरा भत्काउन डोजर पुगेपछि घरधनीहरुले घरको सामग्री निकालेका थिए । सूर्य गौतम, धर्मराज श्रेष्ठ, लीलाकान्त खनियाँ, अचुतराज पौडेल, डिलादेवी रिजाल, शिव ढकाल र चिरन्जीवी गौतमको घरटहरा भत्काइएको छ ।

घरधनी सूर्य गौतमले मुअब्जा नदिई सर्वोच्चमा मुद्दा चल्दाचल्दै प्रहरी लगाएर घर भत्काइएको बताए । उनले भने, ‘सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ, यही असार २७ गते पेसी तोकिएको छ, फैसला नजिकै आउँदै गरेको समयमा एक रूपैयाँ पनि मुअब्जा नदिई जबर्जस्ती घर टहरा भत्काइएको छ ।’ उनले सडक डिभिजनविरूद्ध मानहानीको समेत मुद्दा हाल्ने बताए ।

उनीहरु सो ठाउँमा २००९ सालदेखि बस्दै आएका थिए । सात जना घरधनीको रातो पुर्जा छ । बर्सेनि जग्गाको तिरो तिरिरहेका छन् । समयसमयमा घरजग्गा किनबेच पनि भइरहेको छ ।

अर्का घरधनी निर्मल ढकाल आफूहरु अन्यायमा परेको बताउँछन् । उनी भन्छन्, ‘हामी यहाँ सात जनाको ४ धुरदेखि ६ धुरसम्मको जग्गामा बनेका घरटहराहरु भत्काइयो, लालपुर्जा छ । मुअब्जा नदिई हामीलाई लखेट्न मिल्छ ? हाम्रो श्रीसम्पत्ति भत्काउन पाइन्छ ?’ सातै जना घरधनीहरुले आफ्नो व्यवसाय चलाएर जीवन गुजारा गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

ताजा

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.