काठमाडौँ, असार १०:अन्ततः वर्षा बाधक बनेपछि नेपाल एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिन पुगेको हो । खेल रद्ध भएसँगै युएई समूह ‘ए’ को विजेताको कारण फाइनलमा पुगेको छ ।
मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको थियो । नेपालकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले पाँच विकेट लिएपछि नेपालले ८२ रनको सामान्य लक्ष्य पाएको हो । तर दोस्रो इनिङ हुन नसकेपछि नेपाल बाहिरिएको हो ।
नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हो । आइसिसीको नियम अनुसार नेपाल बाहिरिएको हो ।