असार १३, चितवन । भरतपुर महानगरपालिकाको शुक्रबार सुरू भएको एघारौ नगरसभा नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्व ७४ करोड बराबरको बजेट पारित गर्दै आइतबार सम्पन्न भएको छ । नगरसभाले आर्थिक वर्ष ०७९/०८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको हो ।
‘महानगरबाट पनि राजनैतिक आस्थाको आधारमा भेदभाव गरिने छैन, ‘उहाँले भन्नुभयो, ‘विगतमा पनि त्यो किसिमको वातावरण थिएन । अबको कार्यकालमा पनि हुनु हँदैन । सहमति सहकार्य र एकजुट भएर भरतपुरको विकासमा सर्मपित हुन सबैलाई आग्रह गर्छु ।’
महानगरमा रहेका सबै समस्यालाई सबै जनप्रतिनिधिले समधानको लागि सधै सल्लहा सुझाव ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त पनि गर्नुभयो । अहिले वडामा रु २ करोड ५० लाखका दरले बजेट विनियोजन भएपनि समग्रमा २९ वटै वडामा बाँकी बजेट खर्च हुने बताउनुभयो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, वडाध्यक्षहरु केशव महर्जन, लेखराज पन्त, प्रकाश दवाडी, राजेन्द्रमणि काफ्ले, निवर्तमान वडा अध्यक्ष अरुण पीडित भण्डारी लगायतले बोल्नुभएको थियो ।

