काठमाडौँ, असार १३:एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरुले शीतल निवासमा आज पद तथा गोपनियताको शपथ लिएका छन् । एक समारोहमा नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।
उनले एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

