आफूलाई हेटौँडास्थित बागमती न्यायाधिवक्ताको कार्यालयमा गरिएको सरुवा विरुद्ध ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्।
थोकरले बुधबार मुद्दा दायर गरेकी हुन्। उजुरीमा महान्यायाधिवक्ता खाती, उनको सचिवालय र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ। अदालतले थोकरको मुद्दाको सुनुवाइका लागि बिहीबारको समय तोकेको छ।
थोकरलाई गत असार २ गते ललिलतपुरबाट हेटौंडा सरुवा गरिएको थियो। आफूलाई बलात्कार मुद्दा कमजोर पार्न नमानेको भन्दै नियम विपरीत सरुवा गरेको थोकरको आरोप छ।
यस विरुद्ध थोकरले दिएको असार ९ को निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो।