विनोद अधिकारी , गुञ्जनगर,१७-असार : सोच परिवर्तन नेपालले सञ्चालन गरेको पाँच दिने निशुल्क उद्घोषण तथा पत्रकारीता तालीम आज ( शुक्रबार ) भरतपुर १८ को वडा सभा हलमा एक कार्यक्रमको आयोजना गर्दै सकिएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै भरतपुर-१८ का वडा अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथी वावुराम राना मगरले सत्य, तथ्य र निस्पक्ष समाचार लेख्नुनै पत्रकारको दायित्व भएको उल्लेख गर्नु भयो । उहाले यदि पत्रकारले सत्यमा आधारित रहेर पत्रकारीता गर्नुभयो भने स्थानीय सरकारले मात्रै नभइ पुरै राज्यले तपाइको पत्रकारीताको सम्मान गर्ने पनी बताउनु भयो । तालिमा सहभागी मध्येको प्रतिनिधित्व गर्दै मन्दिरा पन्तले पाँच दिनको तालीममा धेरै कुरा सिक्न पाएको बताउनु हुर्दै, धेरै समय देखि खोजेको तालिम आज सोच परिवर्तन नेपालले प्रदान गरेकोमा अन्यन्तै खुसी व्यक्त गर्दै आफू आगामी दिनमा पत्रकारीता गर्न इच्छुक भएको पन्तले बताउनु भयो । कार्यक्रममा भरतपुर १८ का वडा सदस्य कृष्ण भक्त भट्टराई, वडा १८ का सचीव रामकृष्ण ढकालले आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा नारी जागरण केन्द्रकी अध्यक्ष राधा देवी काफ्ले,बेस्ट डेस्टिनेशनका प्रमुख सञ्जय कुवर, प्रशिक्षक विश्व राज अर्याल, समाजसेवी व्यक्तित्व भुपेन गुरुङ लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी कोषाध्यक्ष तिष्णा भुषालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यकमलाइ सोच परिवर्तन नेपालका सचिव प्रदिप गौतमले सहजीकरण गनृु भएको थियो । पाँच दिने उद्घोषण तथा पत्रकारीता तालिममा ५० जना भन्दा बढिले प्रशिक्षण लिएको आयोजकले जनाएको छ । कार्यक्रममा नै सक्रिय सदस्य वर्ष २०७८ ले याम बाहादुर कुमाललाइ पुरस्कृत समेत गरिएको थियो ।



