चितवन : भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापकमाथि हातपात भएको भन्दै आपत्ति जनाईएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेको हो । ‘क्याम्पस भित्र एक व्यक्तिले अराजक ढंगबाट कक्षामा प्रवेश गरी विद्यार्थीलाई पढाईरहेका प्राध्यापक माथि हातपात गरिएको प्रति हाम्रो संगठन घोर भर्त्सना गर्दछ’, संयोजक प्रकाश देवकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
शान्तिपूर्ण वातावरणमा अध्ययन गर्न पाउनुपर्ने विद्यार्थीको अधिकार कुनै एक व्यक्तिको आवेशका कारण हनन हुन पुगेको भन्दै अनेरास्ववियू क्रान्तिकारीले विज्ञप्ति मार्फत आपत्ति जनाएको छ । यस घटनालाई गम्भीर रुपमा लिएर दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ ।


