• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • ४ घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • ४ घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • ६ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • ७ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • ७ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • ७ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • ७ घण्टा 

देश चरम राजनीतिक अवस्थामा जेलिएको छ: रवि लामिछाने
  • ७ घण्टा 

निहारिका राजपूतद्वारा राष्ट्रपति कार्यालयअगाडि आत्मदाह प्रयास
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ३. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ४. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ५. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ६. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ७. चीन ताईवान विवाद किन?

  • ८. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ९. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

  • १०. तपाइंको आजको भाग्यफल यस्तो छ

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  •   १ महिना अघि

काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृतावस्थामा भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनार प्रकरणको अनुसन्धान जारी छ । प्रहरीले हत्या आरोपमा उनका प्रेमीलाई पक्राउ गरेको छ ।

हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । उनीविरुद्ध अदालतबाट दुईपटक म्याद थप गरिएको छ ।

यही असार ११ गते शनिबार बिहान पौने ११ बजे दिलमाया कोठामै मृतावस्थामा फेलापरेकी थिइन् । उनको घाँटीमा निलडाम देखिएको थियो ।

उनको स्थायी घर सुर्खेत हो । असार १० गते शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै उनको फेसबुकमा ‘सुसाइड नोट’ आशयको स्टाटस पोस्ट गरिएको थियो । शुक्रबार राति १ बजेर २० मिनेटमा उनको फेसबुकमा स्टाटस लेखिएको थियो ।

प्रहरीका अनुसार असार ११ गते बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग गर्ने मोबाइल कोठामै देखिएको थियो । त्यसपछि, मोबाइलको ‘लोकेसन’ देखिएको छैन ।

पतिसँग सम्बन्धविच्छेद भएपछि दिलमाया सूर्यसँगै ‘लिभिङ टुगेदर’मा बस्दै आएकी थिइन् । उक्त शुक्रबार राति पनि सूर्य दिलमायाको कोठामै रहेको खुलेको थियो ।

प्रहरीले सूर्यले नै हत्या गरेको दाबी गर्दै आएको छ । मोबाइल पनि सूर्यले नै लुकाएको हुन सक्ने प्रहरी आशंका छ । प्रहरीका अनुसार उनले मोबाइलका बारेमा अनविज्ञता प्रकट गर्दै आएका छन् ।

पक्राउ परेका सूर्यले भने आफूले हत्या नगरेको दाबी गर्दै आएको बताइएको छ । तर, घटनामा उनको संलग्नता पुष्टि हुने आधार फेलापरेको प्रहरी दाबी छ ।

सञ्चारमाध्यममा दिलमायाको पोस्टमार्टम रिपोर्टबारे खबर सार्वजनिक भए पनि प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्र भने रिपोर्ट नआएको बताउँछन् ।

पक्राउ परेका सूर्य विवाहित हुन् । प्रहरीले दिलमायाको ‘हत्या’को कारण खोज्दै छ ।

डीएसपी मिश्र भन्छन्, “अनुसन्धानका सबै कुरा भन्न मिल्दैन । अभियुक्तले सबै कुरा नस्वीकारे पनि उनको उपस्थितिलगायत कुराहरू छन् । अनुसन्धानमा अझै केही समय लाग्छ ।”

प्रहरीले सुरुआती समयमा दिलमायाले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको थियो । तर, घरधनीले शुक्रबार राति घरमा एक पुरुष आएको देखेको सूचना दिएपछि प्रहरी अनुसन्धान अगाडि बढेको थियो ।

सुरुमा सूर्यले दिलमायाको घटनाबारे अनविज्ञता प्रकट गरेता पनि उनको मोबाइलको लोकेसन र मोटरसाइकल कोठाअगाडि सीसी क्यामेरामा देखिएपछि उनले शुक्रबार राति दिलमायासँगै रहेको स्वीकार गरेका थिए । सूर्यले घटनाको राति आफूले घरेलु मदिरा र मासु खाएको बताएका थिए । दिलमायाले भने ‘स्प्राइट’ पिएको उनैले बताएका थिए ।

सूर्यले बिहान ३–४ बजेतिर आफू ब्युँझिँदा दिलमाया झुन्डिरहेको देखेपछि झुन्डिएको सल लिएर निस्किएको बयान दिएका छन् । सो सल प्रहरीले महाराजगन्जस्थित कतारको भिसा सेन्टरछेउमा रहेको नालीबाट बरामद गरेको छ ।

सूर्यले सल लगेकाले घटना रहस्यमयी देखिएको हो । सूर्य र दिलमायाका बीचमा केही आर्थिक विषय पनि जोडिएको हुन सक्ने आशंका गरिएको छ । तर, डीएसपी मिश्रले आर्थिक विषयबारे जानकारी नभएको बताए ।

  • दिलमाया सुनार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

ताजा

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.