चितवन । चितवनको भरतपुरस्थित नारायणी नमुना माविका प्राचार्य पुर्ण प्रसाद दवाडी माओवादी केन्द्रको केन्द्रिय सदस्य मनोनित हुनुभएको छ । उहाँ आइतबार काठमाडौंमा भएको माओवादी केन्द्रिय कमिटी बैठकमा सहभागी हुनुभएको हो ।
४२ बर्षदेखि प्रध्यापन पेसामा संलग्न दवाडी वर्तमान शिक्षक महासंघको राष्ट्रिय सहअध्यक्ष समेत हुनुहुन्छ । शिक्षक महासंघको संस्थापक उपमहासचिव समेत भइसक्नुभएका दवाडी शिक्षक संगठनको चितवन जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य, र केन्द्रिय सचिव समेत भइसक्नुभएको छ ।नारायणी नमुना मावि चितवनको उत्कृष्ट विद्यालय अन्तर्गत पर्दछ ।

