• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, साउन २४, २०७९
मङ्गलबार, साउन २४, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
  • १ घण्टा 

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
  • २ घण्टा 

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो
  • २ घण्टा 

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने
  • २ घण्टा 

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
  • २ घण्टा 

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको कदर हुनुपर्छः सांसद पाण्डे
  • २ घण्टा 

नारायणगढ–मुग्लिन सडकमा १५ पुलको निर्माण कहिले सकिन्छ ?
  • ६ घण्टा 

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ
  • ६ घण्टा 

हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

  • २. आज मिती २०७९ श्रावण २० गतेको राशिफल

  • ३. आज साउन १८ गते बुधबारको राशिफल

  • ४. जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

  • ५. गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

  • ६. साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो

  • ७. क्रिकेट: सन्दिप लामिछाने बीबीएलको ड्राफ्टमा

  • ८. नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह

  • ९. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • १०. पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुन्छ : मेयर दाहाल

चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह

  •   १ महिना अघि
हैजा

चितवन, असार २३ गते : सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् ।

भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ । यससँगै यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् । भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेल मुख्यरुपमा शुद्ध पानी पिउन सुझाव दिनुहुन्छ । उहाँको भनाइमा पानी निर्मलीकरण गरेर पिएमा सङ्क्रमण फैलिन पाउँदैन । शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान उहाँले सुझाव दिनुभयो ।

पौडेलले भन्नुभयो, “पानी उमालेर वा क्लोरिन हालेर मात्रै पिउनुपर्छ ।” हैजा फैलिएको क्षेत्रमा जाँदा उच्च सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । खानेपानीको पाइपमा ढल मिसिन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

लगातार पातलो चौलानीपानीजस्तो दिसा हुने, पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, जल वियोजन हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने चिकित्सक बताउँछन् । यससँगै मिर्गौलामा असर गर्ने र मृत्युसमेत हुनसक्ने भएकाले रोगको लक्षण देखिएमा तत्काल चिकित्सककहाँ जान उहाँले सुझाउनुभयो ।

सङ्क्रमण पानीमार्फत फैलिन नलिन भरतपुर खानेपानी व्यवस्थापन बोर्डले विशेष ध्यान दिएको कार्यकारी निर्देशक प्रजापति दाहाल बताउनुहुन्छ । भरतपुरका डुबान भएका क्षेत्रमा जमेको पानी पाइप फुटेका ठाउँबाट भित्र जान सक्ने भन्दै विशेष निगरानी गरिएको उहाँले बताउनुभयो । ठाउँठाउँबाट नियमितरुपमा नमूना सङ्कलन गरी परीक्षण भइरहेको उहाँले जानकारी दिनुभयो ।

दुई दिनअघि जिल्ला सरसफाइ तथा स्वच्छता समिति चितवनको बैठकले पानीका स्रोत र वितरणमा विशेष ख्याल गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरमा ९२ प्रतिशतले सरकारी तवरबाट वितरण गरिएको पानी उपभोग गर्दै आएका छन् । जिल्लामा छिमेकी जिल्लाबाट उपचारका लागि बिरामी आउने भएकाले पनि सङ्क्रमणको जोखिम उच्च रहेको चिकित्सकको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जोखिम रहने भएकाले उच्च सावधानी अपनाउन सरोकारवाला निकायलाई आग्रह गरिएको बताउनुभयो । रोग भित्रिन नदिन आवश्यक सावधानी अपनाउन भनिएको उहाँको भनाइ छ । भित्रिहालेमा नियन्त्रण र उपचारका लागि आवश्यक प्रबन्ध गरिने उहाँले बताउनुभयो । – रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

लोकप्रिय

चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

आजको राशिफल
आज मिती २०७९ श्रावण २० गतेको राशिफल

आजको राशिफल
आज साउन १८ गते बुधबारको राशिफल

जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

ताजा

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.