• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती
  • २० मिनेट 

चितवनको राप्तीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
  • ३ घण्टा 

कोरोना संक्रमण बढेपछि चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका
  • ३ घण्टा 

शहिद शिव प्रसाद पौडेलको सम्झनामा फुटसल प्रतियोगिता हुने, प्रथम हुनेले रु ५१ हजार ५ सय ५५ पाउने
  • ८ घण्टा 

मुलधारमा समावेश हुन असन्तुष्ट नेता कार्यकर्तालाई कांग्रेस चितवनको आह्वान
  • ८ घण्टा 

माधव नेपाललाई कोरोना संक्रमण
  • ८ घण्टा 

सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउँछ: प्रधानमन्त्री
  • ८ घण्टा 

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व देशैभर मनाइँदै
  • ८ घण्टा 

चितवनको खैरहनीमा आमाको मृत्युपश्चात छोराले दिए बाबुबिरुद्ध जाहेरी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ३. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ४. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ५. चीन ताईवान विवाद किन?

  • ६. बेलायतमा पहिलो नेपाली महिला प्रोफेसर

  • ७. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ८. मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

  • ९. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • १०. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश

  •   १ महिना अघि

चितवन,असार २३: सर्वेच्च अदालतले चितवन बाटै सवारी चालक अनुमतीपत्र (लाइसेन्स) वितरणका लागि भइरहेको काम रोक्न आदेश जारी गरेको छ । जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने सवारी चालक प्रशिक्षण केन्द्र संचालनको तयारी भइरहेका बेला सर्वेच्चले यस्तो आदेश जारी गरेको हो ।

लाइसेन्स वितरणका लागि सबै प्रकृया पुरा गरेर आज (बिहिबार) विहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा आर्थिक प्रस्ताव खोल्ने तयारी गरिएको थियो । तर बिहानै १० बजे सर्वेच्च अदालतबाट सबै काम रोक्नु भनेर आदेश आएको यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘सर्वेच्चको पत्रमा काम जहाँ पुगेको छ,त्यही रोक्नु भनिएको छ । रिटको अन्तिम किनारा नलागेसम्म काम नर्गन भनिएको छ ।’ सर्वेच्चको आदेशकै आधारमा सबै काम आजैदेखि रोकिएको पौडेलले बताउनुभयो ।

टेण्डर प्रकृयामा असन्तुष्ट जनाउँदै चितवन ड्राइभिङ स्कूल प्रा.लि ले सर्वेच्चमा असार १९ गते मुद्धा दर्ता गरेको र २१ गते अदालतले आदेश जारी गरेको उहाँले जानाकारी दिनुभयो । सर्वेच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत भनेको छ ।

लाइसेन्स वितरणका लागि अन्तिम प्रकृया रोकिएपछि चितवनबाटै लाइसेन्स वितरणमा अन्योल सृजना भएको छ । अव अदालतको आदेशपछि मात्रै थप काम सुरु हुने कार्यालयले जनाएको छ । आगामी साउन दोस्रो साताबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा लिने गरी धमाधम तयारी गरिएको थियो ।

प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ‘ट्रायल सेन्टर’ लिन लागिएको हो । दुई वटा कम्पनी प्राविधिक छनोटमा परेका थिए । ती कम्पनीको आर्थिक प्रस्ताव आज जिल्ला प्रशासन कार्यालयमा खोल्ने तयारी थियो । आर्थिक प्रस्ताव खोलेपछि सात दिनको आसय र १५ दिनका सम्झौताका लागि सूचना जारी गर्ने तयारी समेत कार्यालयले गरेको थियो । कार्यालय प्रमुख पौडेलले भन्नुभयो, ‘यो प्रक्रिया अघि बढ्दै गर्दा हामी अनलाइनमा फाराम खोल्ने तयारीमा थियौं सबै काम रोकियो ।’

चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छ वटा सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका थिए । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोट गर्ने तयारी गरिएको थियो । यसअघि नै खोल्ने भनिएको आर्थिक प्रस्ताब राजनीतिक दाउपेचका कारण आजसम्मलाई सरेको थियो । चितवनमा टेण्डर प्रकृयामा रहेका ट्रायल सेन्टरहरुले ठूलो आर्थिक चलखेल गरेको स्रोतले बताएको छ । राजनीतिक पहुँचका आधारमा दबाब र आर्थिक चलखेलका कारण समयमै काम हुन नसकेको जनगुनासो छ ।

जिल्लाका बासिन्दा अनुमतिपत्रका लागि हेटौँडा, वीरगंज, कावासोती, काठमाडौं लगायतका ठाउँमा जानु पर्ने बाध्यता रहेको छ । हेटौँडामा जाने ७० प्रतिशत चितवनका हुन् । कावासोतीमा जानेमा आधा यही जिल्लाका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती
चितवनको राप्तीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
कोरोना संक्रमण बढेपछि चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

चीन ताईवान विवाद किन?

ताजा

नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती

चितवनको राप्तीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कोरोना संक्रमण बढेपछि चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

शहिद शिव प्रसाद पौडेलको सम्झनामा फुटसल प्रतियोगिता हुने, प्रथम हुनेले रु ५१ हजार ५ सय ५५ पाउने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.