भरतपुर अस्पतालको भर्याङमुनि एक शिशुको फेला परेकी छन्। बिहीबार दिउँसो साढे २ बजेतिर भर्याङमुनि बेवारिसे अवस्थामा शिशु फेला परेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिएका छन्।
अस्पतालको सी ब्लकको भर्याङमुनि फेला परेको बच्चीलाई अस्पतालको एनआइसियुमा राखिएको पौडेलले जानकारी दिए। शिशुको अवस्था सामान्य छ। भेटिएकी शिशु जन्मिएको दुई दिनको जस्तो देखिने प्रहरीले जानकारी दियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले आमा-बाबुले शिशुलाई छाडेर भागेको आशंकामा अनुसन्धान भइरहेको जानकारी दिए।