• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, साउन २४, २०७९
मङ्गलबार, साउन २४, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
  • २ घण्टा 

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
  • २ घण्टा 

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो
  • २ घण्टा 

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने
  • २ घण्टा 

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
  • २ घण्टा 

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको कदर हुनुपर्छः सांसद पाण्डे
  • २ घण्टा 

नारायणगढ–मुग्लिन सडकमा १५ पुलको निर्माण कहिले सकिन्छ ?
  • ६ घण्टा 

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ
  • ६ घण्टा 

हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

  • २. आज मिती २०७९ श्रावण २० गतेको राशिफल

  • ३. आज साउन १८ गते बुधबारको राशिफल

  • ४. जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

  • ५. गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

  • ६. साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो

  • ७. क्रिकेट: सन्दिप लामिछाने बीबीएलको ड्राफ्टमा

  • ८. नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह

  • ९. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • १०. पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुन्छ : मेयर दाहाल

कृषि उत्पादननै महानगरको प्राथमिकता हो : मेयर दाहाल

  •   १ महिना अघि

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको उत्पादनमा वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । मेयर दाहालले यस अघिको कार्यकालमा सडक पूर्वाधारलाई मुख्य प्राथमिकता दिइएको भएपनि अहिले उत्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । उत्पादनमा पनि कृषि उत्पादनलाई प्राथमिकता दिएका छौं, त्यसका लागि आवश्यक पूर्वाधारहरु निर्माणको क्रममा रहेको छ–मेयर दाहालले भन्नुभयो ।

पश्चिम चितवनको चनौली शीत भण्डार सहकारी संस्था भरतपुर–१८ ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । कृषि उत्पादन वृद्धि गर्न विभिन्न यन्त्र उपकरणमा अनुदान, सिंचाईका लागि डिबोरिङ, स्यालो टुबलेल, नारायणी लिफ्ट सिंचाईको नयाँ उपकरण खरिद, खगेरी सिंचाईहरु निर्माण भएको मेयर दाहालले बताउनुभयो । ‘भरतपुर धेरै उत्पादनमा आत्मनिर्भर छ, उहाँले भन्नुभयो,‘ अब बेमौसमी कृषि उत्पादन गर्न सिंचाईको महत्वपूर्ण भूमिका रहन्छ ।

उत्पादनलाई वृद्धि गर्न विगत ५ वर्षदेखि दूधमा अनुदान दिँदै आएका छौं। अन्य उत्पादनमा पनि वृद्धि गर्न महानगरपालिका सकारात्मक रहेको छ ।’ महानगरपालिका थोरै लागतमा धेरै उत्पादन गर्न पहिलादेखि नै विभिन्न यन्त्र उपकरणको प्रयोग गर्न कृषकलाई प्रोत्सहान गर्दै आएको मेयर दाहालले बताउनुभयो । एउटा महानगरपालिकामा एक शीत भण्डार हुँदै पर्ने नियम छ, उहाँले भन्नुभयो,‘कृषकहरुले नै लगानी गरेर निर्माण गर्नु भएको छ, यो स्वागत योग्य छ । यसको प्रवद्र्धनको लागि महानगरपालिका सधै तयार छ ।’

कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले शीत भण्डारको माध्यमबाट कृषिमा आउने रूपान्तरणमा हातेमालो गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा वाग्मती प्रदेश कृषि मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेल, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम, वडा नं १८ अध्यक्ष बाबुराम राना, वडा नम्बर ३ का अध्यक्ष विकास थापा, सेयर सदस्य नरहरि घिमिरे लगायतले बोल्नु भएको थियो । यसैबीच भरतपुर महानगर प्रमुख रेनु दाहालले चितवन चनौली शीत भण्डारको अवलोकन गर्नु भएको छ ।

मेयर दाहालले शीत भण्डारले गर्दै आइरहेको काम कारबाहीको बारेमा जानकारी लिनु भएको थियो । गत चैतबाट पूर्ण रुपमा सञ्चालनमा आएको भण्डारले विभिन्न खाद्ययन्न र तरकारीहरु भण्डारणको काम सुरु गरिसकेको छ । शीत भण्डार निर्माणका लागि रु २० करोड रुपैयाँ खर्च भइसकेको छ । दुई वटा चेम्बर निर्माण गरी व्यवसायीक र सेयर सदस्यका लागि भण्डारणको व्यवस्था मिलाइएको छ ।

भण्डार निर्माणका लागि संघिय सरकारको सहकारी मन्त्रालय अन्तरगतको सहकारी विभागबाट रु ५ करोड ८१ लाख, वागतमती प्रदेशबाट रु ५७ लाख ९१ हजार, भरतपुर महानगरपालिकाबाट रु ४ लाख ८२ हजार र नक्सा पास गर्न ९ लाख ३४ हजार सौजन्य भएको संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले बताउनुभयो । यस्तै सेयर सदस्यबाट रु ८ करोड ६२ लाख संकलन गरिएको छ । शीत भण्डारमा सदस्य हुनका लागि न्युनतम रु १ लाख तोकिएको छ ।

७ कठ्ठा क्षेत्रफलमा फैलिएको शीत भण्डारमा क्षमताको ६० प्रतिशत खाद्ययन्न भण्डार गरिएको संस्थाले जनाएको छ । यहाँ आलु, चना, मकै, गाजर लयातका खाद्ययन्न भण्डार गरिएको छ । एक सिजन भण्डार गर्न प्रतिकिलो साढे ५ देखि साढे ६ रुपैयाँ मूल्य तिर्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

लोकप्रिय

चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

आजको राशिफल
आज मिती २०७९ श्रावण २० गतेको राशिफल

आजको राशिफल
आज साउन १८ गते बुधबारको राशिफल

जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

ताजा

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.