भरतपुर । आइतबार बिहान ८ः१० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं- २५ शुक्रनगरमा ना५ख ९६७ नम्बरको बस अगाडि बढाउने क्रममा बसमुनि मर्मत गरिरहेका सहचालकको मृत्यु भएको छ ।
बसले किचेर गम्भीर घाइते भएका भरतपुर महानगरपालिका वडा नं- २४ का २१ वर्षीय सुरज नेपालीको नयाँ मेडिकल कलेजमा ८ः५० बजे मृत्यु भएको प्रहरीले जनाएका छन् ।
बस र बस चालक भरतपुर महानगरपालिका वडा नं- २७ का ४२ वर्षीय राजकुमार गुरुङ जिप्रकाको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।