• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शनिबार, साउन २८, २०७९
शनिबार, साउन २८, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
  • ५७ मिनेट 

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
  • ४ घण्टा 

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • ११ घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • ११ घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • १३ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • १४ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • १४ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • १४ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ३. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ४. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ५. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ६. चीन ताईवान विवाद किन?

  • ७. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ८. विभिन्न जिल्लामा मल पठाउन थालियो

  • ९. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

  • १०. तपाइंको आजको भाग्यफल यस्तो छ

कृषि विश्वविद्यालयका अनुसन्धानका प्राथमिकता क्षेत्रको छनोट

  •   १ महिना अघि

चितवन, २६ असार : कृषि तथा वन विज्ञान विश्व विद्यालयको पाचाँै अनुसन्धान तथा प्रसार परिषद्को बैठकले विश्वविद्यालयले गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट गरेको छ । कृषि क्षेत्रको अनुसन्धानमा यो विश्वविद्यालय अग्रणी मानिन्छ । बैठकले वातावरण परिवर्तनका कारणले कृषि क्षेत्रमा परेको असर, गहुँ र धानको नयाँ जातको विकास, पशुपालनको क्षेत्रमा बाख्राको नयाँ जातको विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्ने गरी निर्णय गरेको हो ।

विश्वविद्यालयका अनुसन्धान निर्देशक तथा परिषद् सदस्यसचिव प्राडा अर्जुनकुमार श्रेष्ठका अनुसार विश्वविद्यालयले हालसम्म बाह्य र आन्तरिक सहयोगमा ३१५ भन्दा बढी अनुसन्धान सम्पन्न गरेको र ११५ वटा जारी रहेको बताउनुभयो । आउँदो वर्षका लागि विश्वविद्यालयका प्राध्यापकलाई निर्देशनालयको आन्तरिक स्रोतबाट छोटो र लामो अवधिका ३७ वटा अनुसन्धान परियोजना स्वीकृतिको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

बैठकले अनुसन्धानका विषयगत क्षेत्र आवश्यक संशोधनसहित पारित गर्ने निर्णय गरेको छ । अनुसन्धानका नैतिक पक्षलाई दृष्टिगत गरी विश्वविद्यालयको संस्थागत समीक्षा बोर्डद्वारा पारित विधि र प्रक्रियाबाट अनुमोदन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । सोही अवसरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको जर्नलको पाचाँै अङ्कको विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मी, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति तथा परिषद्का सदस्य डा सुनिलबाबु श्रेष्ठ, विश्वविद्यालय सेवा आयोगको कार्यालयका अध्यक्ष प्राडा कल्याणी मिश्र र विश्वविद्यालयका रजिष्ट्रार प्राडा शारदा थपलियाद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।

बैठकमा माटो सुहाउँदो र किसानको आवश्यकतालाई सम्बोधन गर्ने प्रविधिको विकासको लक्ष्य राखी  विश्वविद्यालयको पूर्ण आर्थिक स्वामित्वमा सञ्चालन भइरहेका दुई दीर्घकालीन परियोजनाको प्रस्तुति रहेको थियो । यस अन्तर्गत भैँसीमा देखिने सीमित मौसममा मात्र बाली लाग्ने परिस्थितिलाई उल्टाई सबैजसो याममा बाली लगाउन सकिने बनाइ वर्षभरि नै दूधको माग परिपूर्ति गर्न अहिलेसम्म गरिएका प्रयासको बारेमा जानकारी गराइएको थियो । स्नातकोत्तर कार्यक्रम निर्देशनालयका निर्देशक तथा सो परियोजनाका प्रमुख अनुसन्धानकर्ता डा भूमिनन्द देवकोटाले सो बारेमा जानकारी गराउनुभएको थियो ।

गहुँको सुधार परियोजनाअन्तर्गत प्रतिकूल मौसममा पनि राम्रो प्रतिफल दिनसक्ने जातहरुको विकासका साथै अहिलेसम्म भएका उपलब्धिको बारेमा उक्त परियोजनाका प्रमुख अनुसन्धानकर्ता प्राडा माधवप्रसाद पाण्डेयले जानकारी गराउनुभएको थियो । वन विज्ञानका क्षेत्रका चुनौतीका साथ–साथै भइरहेका कार्य र भावी योजनाको बारेमा उप–प्राध्यापक हरि भट्टाराईले जानकारी गराउनु भएको थियो ।

बैठकमा नास्टका उपकूलपति श्रेष्ठले विश्वविद्यालयले गर्दै आएका कार्यको सराहना गर्दै निकट भविष्यमा विश्वविद्यालयसँग सहकार्यमा अनुसन्धानका कार्य सञ्चालन गरिने बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक तथा परिषद् सदस्य डा दीपक भण्डारीले विश्वविद्यालयका साथै अनुसन्धानका क्षेत्रमा क्रियाशील विभिन्न संस्थाको समन्वयमा एकै प्रकारको अनुसन्धान बारम्बार दोहिरिन नदिनका लागि आवश्यक पहल चाल्नुपर्ने कुरामा ध्यानाकर्षण गराउनुभयो ।

कृषि विभागका महानिर्देशक तथा परिषद् सदस्य डा रेवतीरमण पौडेलले अनुसन्धानका दायारालाई निर्दिष्ट गरी वार्षिक कार्ययोजना बनाइ प्रगतिको समीक्षा गर्दै सबै सरोकारवाला एक भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पशु सेवा विभागका महानिर्देशक तथा परिषद् सदस्य डा रामनन्दन तिवारीले पशु सेवाका क्षेत्रमा उत्कृष्ट जनशक्ति उत्पादनमा विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

लि–बर्ड नेपालका कार्यकारी निर्देशक डा बलराम थापाले कृषिका क्षेत्रमा गैर–सरकारी संस्था पनि अनुसन्धानमा लागेको कुराको जानकारी गराउँदै सबै क्षेत्रको समन्वयबाट नै समग्र कृषिको रुपान्तरण गर्न सकिने बताउनुभयो ।विश्वविद्यालयका उपकुलपति रेग्मी र रजिष्ट्रार थपलियाले विश्वविद्यालयले अनुसन्धानमा गरेका उपलब्धिका बारेमा चर्चा गर्दै समस्याका बारेमा अवगत गराउनु भएको थियो ।(रासस)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

ताजा

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.