गुञ्जनगर,२७,असार : गुञ्जनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति भरतपुर १८ को आगामी कार्यकालको लागी अध्यक्षमा महेन्द्र गुरुङ चुनीनु भएको छ । दोस्रो अधिवेशनले नया कार्यसमितिको पनि चयन गरेको छ ।
उपाध्यक्ष रविन्द्र अर्याल, सचिव सुरेशचन्द्र ढकाल,कोषाध्यक्ष छविलाल ढकाल रहनु भएको छ भने सदस्यहरुमा चिन्तामणि पौडेल,रितादेवी के।सी,मैना पौडेल,रमनादेवी थापा मगर ,हरी कृष्ण सापकोटा,रामनाथ ढकाल,कृष्ण भट्ट रहनु भएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता लेखा समिती सम्योजक कमल नाथ पौडेल चयन हुनु भएको छ भने सदस्यहरुमा रिपुविजय ढकाल र वावुराम न्यौपाने चयन हुनु भएको छ ।

