बिहीबार दिउँसो ३ः३० बजेको समयमा प्रहरी चौकी जुगेडी चितवनबाट खटिएको प्रहरी टोलीले मुग्लिङबाट नारायणगढ आउँदै गरेको ना २ ह ३९६९ नम्बरको अटोलाई रोकी चेकजाँच गर्नेक्रममा गोरुको मासु र खुट्टासहित तीन जनालाई पक्राउ गरेको छ ।
उक्त अटोमा प्लास्टिकको बोरामा लुकाइछिपाइ ल्याएको गोरु/गाईको जस्तो देखिने मासु र खुट्टासहित अटोका चालक धादिङ रुवीभ्याली गाउँपालिका वडा नं–५ का २८ वर्षीय शंकर तामाङ, अटोमा सवार भरतपुर महानगरपालिका वडा नं–१० निवासी ४५ वर्षीय प्रतिक ठकुरी र कास्कीको पोखरा महानगरपालिका वडा नं–११ का ३५ वर्षीय होम घिमिरेलाई उक्त मासु र अटोसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
निजहरुविरुद्ध पशुपक्षीसम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।