नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिने भएका छन् । पोखरेलले प्रहरी महानिरीक्षकमा आफूलाई नियुक्ति गरिपाउँ भनेर सर्वोच्च अदालतमा दायर गरेको रिट अदालतले खारेज गरेपछि राजीनामा दिने भएका हुन् ।
पोखरेलनिकट स्रोतले भन्यो, `अब रिट खारेज गरेपछि उहाँले राजीनामा दिनुहुन्छ, पुनः कार्यालय जानुुहुन्न ।`
आईजीपीमा सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै एआईजी पोखरेल रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।
आईजीपीमा सिंह नियुक्त भएपछि पोखरेल बिदामा बसेका थिए । उनले तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीसँग एक महिना बिदा स्वीकृत गरेका थिए । आईजीपी सिंहसँग पुनः बिदाका लागि पोखरेलले माग गरेपनि बिदा स्वीकृत भएको थिएन ।
पोखरेलको जागिरे अवधि साउन २० गते सकिदैछ ।