भरतपुर । भरतपुर महानगरपालिकाभित्रका जग्गाको वर्गीकरण गर्न समिति गठन गरिएको छ । महानगरको कार्यपालिका बैठकले हरेक वडाको वडाध्यक्षको संयोजकत्वमा मालपोत र महानगरका कर्मचारी समेटिने गरी समिति गठन गरेको हो ।
भू–उपयोग ऐन, २०७६ तथा नियमावली, २०७९ बमोजिम भरतपुर महानगरभित्रका आवासीय, खेतीयोग्य र व्यावसायिक जग्गाको वर्गीकरण गर्न समिति गठन गरिएको हो । उक्त समितिले महानगरलाई प्रतिवेदन दिएपछि महानगरको सिफारिसका आधारमा मालपोत कार्यालयले जग्गा पास गर्ने महानगरका प्रशासन महाशाखा प्रमुख सुकदेव लम्सालले बताए ।
खेतीयोग्य जमिनसमेत धमाधम प्लटिङ हुन थालेपछि महानगरले जग्गाको वर्गीकरण गर्न लागेको हो । महानगरभित्रको सार्वजनिक जग्गा खोजबिन गर्नका लागि समिति गठन, सार्वजनिक जग्गाको खोजबिन तथा सम्भाव्यता अध्ययन गर्न वडा नं–३ का वडाध्यक्षको संयोजकत्वमा समिति बनेको छ । समितिले मेयरको अध्यक्षतामा गठित समितिलाई सुझाव दिनेछ ।

