चितवन, साउन ३: नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह पक्राउ परेका छन् । पत्रकार कुटपिटको घटनामा सिंहसहित ८ जना कर्मचारीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएपछि सिंह गयराति पक्राउ परेका हुन् । उनी आफै जिल्ला प्रहरी कार्यालय भरतपुरमा हाजिर भएका हुन् ।
सिंहसँग घटनाको विषयमा आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार नै सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी फरार भएका थिए ।
उनलाई तत्का पक्राउ पर्न नेपाल पत्रकार महासंघलगायत सम्बद्ध संघसंस्थाहरुले विज्ञप्ती जारी गर्दै पक्राउ गर्न माग गरेका थिए । सिंह पक्राउ परेसंगै आठ जना नै प्रहरी हिरासतमा छन् ।