चितवन, साउन ४ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
बुधबार पत्रकार सम्मेलन गरी आफ्नै व्यक्तिगत समस्याको कारण देखाउदै पुबुदुले राजीनामा घोषणा गरेका हुन् ।
गत वर्ष मात्र दोस्रो कार्यकालका लागि नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन् ।
पछिल्लो समय टोलीको खराब नतिजाको कारण उनी दबाबमा थिए ।