• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • ५ घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • ५ घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • ६ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • ७ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • ७ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • ७ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • ७ घण्टा 

देश चरम राजनीतिक अवस्थामा जेलिएको छ: रवि लामिछाने
  • ८ घण्टा 

निहारिका राजपूतद्वारा राष्ट्रपति कार्यालयअगाडि आत्मदाह प्रयास
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ३. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ४. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ५. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ६. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ७. चीन ताईवान विवाद किन?

  • ८. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ९. विभिन्न जिल्लामा मल पठाउन थालियो

  • १०. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

चितवनमा ट्रायल सेन्टर हात पार्न ड्राइभिङ सेन्टरहरुको राजनीतिक शक्ति संघर्ष

  •   ३ हप्ता अघि
ड्राइभिङ सेन्टर

भरतपुर,साउन -६ : चितवनमा  आफ्नो कम्पनीको नाममा सवारी  ट्रायल सेन्टर हात पार्न शक्ति–संघर्ष भएको पाइएको छ  ।  यहाँका  सद्गुरू, महालक्ष्मी र चितवन ड्राइभिङमा बागमती प्रदेशकै मुख्यमन्त्री, मुख्यमन्त्रीमार्फत विश्वासपात्र, मन्त्री, कर्मचारी, ठूला व्यवसायीको लगानी रहेको र त्यसैको कारण शक्ति–संघर्ष हुँदा समस्या पैदा भएको एकअर्कालाई दोष लगाउँदै आएका छन् ।

प्राविधिक प्रस्तावमा दुईवटा ट्रायल सेन्टर छनोट भएको थियो । छनोटमा असफल भएको चितवन ड्राइभिङ स्कुलले सर्वोच्चमा रिट हालेपछि चितवनमा साउनबाटै लाइसेन्स परीक्षा दिने र लाइसेन्स हात पार्ने चाहनामा तत्कालका लागि ब्रेक लागेको छ ।

प्राविधिक प्रस्तावमा छनोटका लागि चितवनसँगै एक्सिस मोटर ड्राइभिङ सेन्टर, त्रिवेणी मोटर ड्राइभिङ सेन्टर, गरिमा मोटर ड्राइभिङ, सद्गुरू ड्राइभिङ टे«निङ सेन्टर, महालक्ष्मी ट्रायल सेन्टर प्रालि प्रतिस्पर्धामा थिए । तर, सद्गुरू र महालक्ष्मीको प्रस्ताव योग्य भयो र छनोट पनि ।

आर्थिक प्रस्तावका लागि यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले सूचना जारी गरेकोमा छनोटमा पर्न अयोग्य रहेको चितवन ड्राइभिङले सर्वोच्च अदालतमा गत असार १९ गते उत्प्रेषण परमादेश माग गरी रिट निवेदन दर्ता गरायो । जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडा, श्रम रोजगार तथा यातायात मन्त्रालय हेटौँडा, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल, काठमाडौँ र यातायात व्यवस्था सेवा कार्यालय भरतपुर विपक्षी छन् ।

सर्वोच्च अदालतले असार २१ गते यी विपक्षीहरुको नाममा बागमती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पठाउनू भनी अन्तरिम आदेश जारी ग¥यो । असार २३ गते बिहीबार लाइसेन्सको प्रयोगात्मक परीक्षा हुने ‘सवारी चालक प्रशिक्षण केन्द्र’ निर्धारण गर्नेसम्बन्धी आर्थिक प्रस्ताव खोल्ने तयारी हुँदा २ दिनअघि सर्वोच्चको आदेश आएको हो ।

कार्यालयका उपन्यायाधिवक्ता डा. सूर्यप्रसाद पौडेलले आफूहरुकहाँ कुनै पनि कार्यालयबाट जवाफको कागजपत्र नआएको बताए । तर, यातायात व्यवस्था सेवा कार्यालय चितवनका कार्यालय प्रमुख विनोद पौडेलले आफ्नो कार्यालयले सम्बन्धित निकायमा जवाफ पठाइसकेको बताए ।

चितवन ड्राइभिङ स्कुल प्रालिले यातायात व्यवस्था सेवा कार्यालय भरतपुर चितवनले मिति २०७९ वैशाख २ मा प्रकाशित गरेको ‘परामर्श सेवाको प्रस्ताव आह्वानसम्बन्धी सूचना’ र सोही कार्यालयको यही असार १६ गतेको ‘आर्थिक प्रस्ताव खोल्नेसम्बन्धी सूचना’का विरूद्धमा निवेदन दिएको थियो । कार्यालयले प्रस्ताव आह्वान गर्दा राजमार्ग र विद्यालयबाट कम्तीमा २०० मिटर टाढा हुनुपर्ने सर्त राखेको थियो । तर, मुद्दाको पक्ष रहेको चितवन ड्राइभिङको आडैमा दुईवटा विद्यालय छन् । सर्त सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०७४ र सार्वजनिक खरिद ऐन, २०६३ विपरीतसमेत रहेको निवदेनमा उल्लेख छ ।

चितवनमै ट्रायल दिएर यहीं बाट लाइसेन्स लिन पाइने आशमा बस्य चितवन वरिपरिका सेवाग्राही भने ड्राइभिङहरुको आन्तरिक द्वन्दको चेपुवामा पर्दा निराश बनेका छन् |

  • ड्राइभिङ सेन्टर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

ताजा

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.