चितवन , ३ फाल्गुन
लक्की मिडिया हाउस चितवको पाँचौँ वार्षिकोत्सवको अवसरमा सोमबार चितवनका दुई पत्रकार सूर्य प्रसाद अधिकारी र दीनेश श्रेष्ठ सम्मानित भएका छन् । प्रेस युनियन, चितवनका उपाध्यक्ष अधिकारीलाई स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम मार्फत् समाज रुपान्तरण र विकासमा कलम चलाएको भन्दै सम्मान गरिएको हो । यस्तै, दुई दशकदेखि चितवनमा रहेर रेडियो पत्रकारिता मार्फत् भूमिका खेलेका दिनेश श्रेष्ठ ‘पासा’लाई पनि सम्मान गरिएको हो । पत्रकारद्वय अधिकारी र श्रेष्ठलाई पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा, वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी, समाजसेवी तथा खेलाडी पनि सम्मानित भएका थिए । चिकित्सा विधातर्फ भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवम् नेपाल चिकित्सक संघ चितवन शाखाका निवर्तमान अध्यक्ष डा. प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डा. सुदिपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. ओमकृष्ण पाठक सम्मानित भएका थिए । शिक्षाकर्मी सम्मान अन्तर्गत ग्रीनल्याण्ड स्कुलकी प्रधानाध्यापक एवं मेट्रो प्याव्सनका उपाध्यक्ष इन्दिरा कार्की, लिटिल फ्लावर स्कुल, नारायणगढका प्रधानाध्यापक फादर रोवी र अर्किड स्कुल, भरतपुरका सह प्रधानाध्यापक ओमराज मैनालीलाई सम्मानित गरिएको छ
वार्षिकोत्सवमा नेपाली सिने क्षेत्रकी नायिका आँचल शर्मा र अभिनेता विपिन कार्की सम्मान गरिएको थियो । खेल विधातर्फ भने नवलपुर र चितवनका गरी तीन खेलाडी सम्मानित भएका छन् । नवलपरासी–वर्दघाट सुस्तापूर्व जिल्ला फुटवलका संघका महासचिव लक्ष्मण कार्की, एएफसी फुटवल संघका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फुटबल खेलाडी प्रदीप भण्डारीलाई सम्मान गरिएको हो ।

व्यवसायीतर्फ सुजन प्लानिङ्ग एण्ड कन्ट्रक्सन प्रा.लि.का अध्यक्ष सुजन ओझा, सफल सर्जिकल हाउसका सञ्चालक अर्जुन रानाभाट र लेक ट्वान्टी थाउजेण्ड एण्ड रिटिट्रका प्रबन्धक राजेश शर्मा आचार्य सम्मानित भए । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष एवं समाजसेवी टंकनाथ पौडेललाई समेत सम्मान गरिएको थियो । मिडिया हाउसले आफ्नो बजार प्रमुख विमला पौडेल बस्नेतलाई समेत नगदसहित पुरस्कृत गरेको थियो ।