लियो क्लब अफ भरतपुर युथको आयोजनामा आज निशुल्क स्वास्थ्य जाँच तथा परामर्श सम्पन्न भएको छ। भरतपुर ७ कृष्णपुरमा क्यान्सर गेट १ अगाडी रहेको शारदा फार्मेसीमा सम्पन्न स्वास्थ्य शिविरमा ३० जना भन्दा बढी बिरामीले परामर्श लिएको लियो क्लबका पुर्व अध्यक्ष लियो दिपेश ज्ञवालीले बताउनुभएको हो। मेडिकल अधिकृतको परामर्श शिविर कार्यक्रममा क्यान्सर अस्पतालमा उपचारमा आएका कुरुवाहरुको उल्लेखनिय उपस्थिति रहेको शारदा फार्मेसिकी सचिना गुरुङले बताइन्।
लायन्स क्लब अन्तराष्ट्रियको स्वयमसेवी संस्थाको रुपमा स्थापित लियो क्लबमा ३० वर्ष मुनिका युवाहरु नेतृत्व, अनुभव र अवसरहरुको सदुपयोगमा साथसाथै सामाजिक सेवाका काममा अग्रसर हुने गर्छन। हामीले निरन्तर रुपमा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका छौं जसले हामीलाई सामाजिक बन्न उत्प्रेरणा र समाजसेवा गर्दा सन्तुष्ट हुने पनि शिविरमा उपस्थित एक लियो सदस्यले बताए। अब निरन्तर रुपमा लियो संगको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम पनि गर्ने फार्मेसीका संचालक सुदिप राज सुवेदीले बताउनुभयो।