चनौली, साउन १६ : सरकारी बेवास्ताले भरतपुर–२० स्थित चित्रवन रङ्गशालाको डिपीआर सम्पन्न भैसकेर पनि बाँकी निर्माण कार्य नहुँदा अलपत्र परेको छ । रङ्गशाला बनाउन १०बिघा अधिग्रहण गरिएको छ । त्यहाँ एक हजार २०० मिटर कम्पाउन्ड बाल लगाइएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले आव ०७४/७५ मा प्रस्तावित चित्रवन फुटबल रङ्गशालाको डिपिआर सम्पन्न गरेको छ । तर, बाँकी काम हुन सकेको छैन ।
आव ०७५/७६ मा राष्ट्रिय खेलकुद परिषद्ले ५० लाख र भरतपुर महानगरपालिकाले एक करोड ५० लाखविनियोजन गरेपछि रङ्गशालाको १७१ मिटरको पक्कीपर्खाल निर्माण भएको चित्रवन रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र गुरूङले बताए ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशबाट निर्माणाधीन नेपालकै वैकल्पिक राष्ट्रियस्तरको चित्रवन फुटबल रङ्गशालाको भौतिक पूर्वाधार निर्माणको लागि आगामी आव ०७६/०७७ को लागि एक करोड बजेट विनियोजन भएको उनले बताए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन विकासको प्याकेज घोषणा गर्ने क्रममा चित्रवन फुटबल रङ्गशाला निर्माणका लागि ५० करोड रकमको घोषणा गरेका थिए । उक्त समयमा ५० लाख बजेट विनियोजन भएकोमा असार मसान्तभित्र रकम निकास हुँदा २३० मिटर लामो पर्खाल निर्माण र सानो प्याराफिट निर्माण कार्यको पिल्लरसम्मको काम १९ लाख २० हजारको मात्र गर्न सकिएको थियो ।
बाँकी १०० मिटर पर्खाल र खेल मैदान पुनः व्यवस्थापन चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको चार लाख ७२ हजार र चितवन समाज जापानको दुई लाख सहयोगबाट भएको रङ्गशाला निर्माण समितिका सचिव टुकमान गुरूङले बताए ।
सचिव गुरूङले रङ्गशालामा ९५ मिटरको प्याराफिटमा करिब तीन हजार दर्शक अट्ने गरी प्याराफिटसहितको १० बिघा क्षेत्रमा निर्माण गरिने रङ्गशालामा अनुमानित तीन करोड रूपैयाँ खर्च हुने जानकारी दिए ।
पश्चिम चितवनकै स्पोर्टस् भिलेज बन्न गैरहेको भरतपुर–२० को शारदानगर, नयाँबजार क्षेत्रमा रङ्गशालाका साथै एथलेटिक्सका लागि ट्रयाक निर्माण गरिने, हाइजम्प, लङ्गजम्प तथा भलिबलका कोर्ट बन्ने तथा फुटबल मैदान बन्ने चित्रवन रङ्गशाला निर्माण उपभोक्ता समितिका सचिव टुकमान गुरूङले बताए ।
रङ्गशालामा ९५ मिटरको प्याराफिटमा करिब तीन हजार दर्शक अटने गरी प्याराफिटसहितको १० बिगाह क्षेत्रमा निर्माण गरिने रङ्गशालाको अनुमानित तीन करोड रूपैयाँ खर्च हुने उनले जानकारी दिए ।
साबिक चित्रवन नगरपालिकाका सर्वदलीय निर्णयका आधारमा रङ्गशालाको काम थालिएको बताउँदै सचिव गुरूङले साबिक चित्रवन नगरपालिका र जिल्ला खेलकुद विकास समिति चितवनबाट १५ लाख रूपैयाँ सहयोग भएको बताए ।
दशरथ रङ्गशालाभन्दा दोब्बर क्षमताको ३० हजार जना अट्ने प्याराफिट बनाउन सकिने सचिव गुरूङको भनाइ छ । दशरथ रङ्गशालामा १७ हजार दर्शक अट्ने क्षमता छ ।
स्रोत : राम शरण गैरे , चितवन पोस्ट