• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

चितवनको राप्तीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
  • २ घण्टा 

कोरोना संक्रमण बढेपछि चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका
  • २ घण्टा 

शहिद शिव प्रसाद पौडेलको सम्झनामा फुटसल प्रतियोगिता हुने, प्रथम हुनेले रु ५१ हजार ५ सय ५५ पाउने
  • ७ घण्टा 

मुलधारमा समावेश हुन असन्तुष्ट नेता कार्यकर्तालाई कांग्रेस चितवनको आह्वान
  • ७ घण्टा 

माधव नेपाललाई कोरोना संक्रमण
  • ७ घण्टा 

सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउँछ: प्रधानमन्त्री
  • ७ घण्टा 

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व देशैभर मनाइँदै
  • ७ घण्टा 

चितवनको खैरहनीमा आमाको मृत्युपश्चात छोराले दिए बाबुबिरुद्ध जाहेरी
  • २० घण्टा 

कोरोना संक्रमण
कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, ८१५ संक्रमित थपिए
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ३. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ४. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ५. चीन ताईवान विवाद किन?

  • ६. बेलायतमा पहिलो नेपाली महिला प्रोफेसर

  • ७. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ८. मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

  • ९. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • १०. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

रजनी राई नागरिकता प्रकरण: दोषीमाथि कारबाहीको माग

  •   २ हप्ता अघि

बारा, १६ साउन : बाराको निजगढ नगरपालिका-१२ बाट एक विदेशी नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको विषयमा दोषीमाथि कारबाहीको माग गर्दै रतनपुरका युवाहरूले साेमबार इलाका प्रशासन कार्यालय सिमरामा नाराबाजीसहित धर्ना र प्रर्दशन गरेका छन ।

सचेत युवा समूह रतनपुरीले प्लेकार्ड बोकेर कार्यालयमा पुगेका ५०/६० जना युवाहरूको समूहले नागरिकताको लागि सिफारिस गर्ने वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा कार्यालय सचिव शुभचन्द्र महतो र नक्कली आमा/आमा बन्ने जिरामाया र श्यामराज गोलेमाथि छानबिन गरी कारबाही माग गर्दै इलाका प्रशासन कार्यालयमा धर्ना र प्रदर्शन गरेका हुन ।

उनीहरूले सर्जमिन मुचुल्कामा सहीछाप गर्ने स्थानीय आइते सिंह मोक्तान, सरिता सुब्बा, अकलबहादुर थिङ, गणेशबहादुर पाख्रिन र बासुलाल मोक्तानमाथि पनि कारबाहीको माग गरेका छन ।

दोषीमाथि कारबाहीको माग गर्दै युवाहरूले गत ८ असारमा इलाका प्रशासन कार्यालय सिमरामा उजुरी गर्दा गरेका थिए । उजुरीमाथि कारबाही नभएपछि धर्ना र प्रदर्शन गर्नुपरेको स्थानीय रमण घिमिरेले बताए ।

कार्यालयका निमित्त प्रमुख शिव अचार्यले ईलाका प्रशासन कार्यालय प्रमुख मोहनप्रसाद अर्याल बिदामा बसेको र आएपछि छानबिन सुरु गरिने आश्वासन दिएपछि धर्ना स्थगित गरिएको जानकारी दिए ।

वडा कार्यालयको सिफारिसमा सिमरास्थित इलाका प्रशासन कार्यालयले भारत दार्जलिङक घर भएकी २१ वर्षिया रजनी राईलाई गत १ असारमा ३३–०२–७९–००५१३ नम्बरको नेपाली नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गर्न रजनी हाल फरार रहेकी छिन । राईले नागरिकताको प्रमाणपत्र लिइसकेपछि वडा अध्यक्ष गोलेले नागरिकता खारेजीको लागि इलाका प्रशासन कार्यायलमा ४ असारमा निवेदन दिएका थिए ।

यसरी लिइन् भारतीय नागरिक रजनीले नेपाली नागरिकता

भारत दार्जिलिङकी २१ वर्षीया रजनी राई यतिबेला बारा प्रहरीको खोजी सूचीमा छिन् । नक्कली अभिभावक खडा गरेर नेपाली नागरिकता लिएको रहस्य खुलेपछि प्रहरीले उनको खोजी थालेको हो ।

सिमरास्थित इलाका प्रशासन कार्यालयबाट १ असारमा ३३–०२–७९–००५१३ नम्बरको नागरिकता लिएकी रजनी त्यसयता सम्पर्कविहीन छिन् । निजगढ नगरपालिका-१२ ले दिएको सिफारिसका आधारमा रजनीले नागरिकता प्राप्त गरेकी हुन् ।

नागरिकता प्राप्त गर्न रजनीले नक्कली अभिभावक खडा गरेको र झुठो विवरण पेस गरेको रहस्य झण्डै एक महिनापछि मात्रै खुलेको थियो । निजगढ १२ रतनपुरका श्यामराज गोलेलाई बुबा र जिरामाया गोलेलाई आमा बनाउँदै २३ जेठमा रजनी गोलेको नाममा जन्मदर्ता बनाएकी उनले जन्मदर्ताको आधारमा नागरिकता लिन सफल भएकी हुन् ।

नागरिकता प्राप्त गर्न रतनपुरका गोले परिवारलाई प्रयोग गरेकी रजनीले २३ जेठमा जिरामायामार्फत जन्मदर्ताका लागि निवेदन दिएको र सोही दिन जन्मदर्ता प्राप्त गरेको देखिएको छ । १५ चैत २०५८  जन्म भएको उल्लेख गरेर रजनीले जन्मदर्ता प्रमाणपत्र प्राप्त गरेकी थिइन् । तर, रजनी भारतीय नागरिक रहेको प्रमाण खुल्ने मतदाता परिचयपत्र र आधार कार्डमा उनको जन्म सन् १९८९/०३/२४ अर्थात वि.स. २०४५/१२/११ गते उल्लेख छ ।

जन्मदर्ताअघि रतनपुरस्थित अस्थायी प्रहरी चौकीमा सर्जमिन मुचुल्का तयार गरिएको थियो । उक्त सर्जमिन मुचुल्कामा यसअघि विविध कारण जन्मदर्ता हुन नसकेको उल्लेख गर्दै निजगढ नगरपालिका-१२ का वडासचिव शुभचन्द्र महतो, वडा सदस्य बुद्धिमाया विकसहित ८ जनाले हस्ताक्षर गरेका छन् । जिरामाया निवेदक रहेको सर्जमिन मुचुल्कामा गाउँका स्थानीय आइते सिंह मोक्तान, सरिता सुब्बा, अकलबहादुर थिङ, गणेशबहादुर पाख्रिन र बासुलाल मोक्तानले रजनी उनकै छोरी हो भनेर प्रमाणित गर्दै हस्ताक्षर गरेको देखिन्छ ।

सर्जमिन मुचुल्काको आधारमा जन्मदर्ता बनाइएको र सोही जन्मदर्ताको आधारमा २४ जेठमा रजनीले नागरिकताका लागि निवेदन दिएकी थिइन् । नागरिकता प्राप्त गर्नका लागि भरिने अनुसूची फारममा रजनीलाई अविवाहित रहेको प्रमाणित गरिएको छ । तर, रजनीको भारतीय आधार कार्डमा उनको पतिको नाम छेडुप सिंगर र भारतीय मतदाता परिचयपत्रमा उनको बुबाको नाम किशोर राई उल्लेख छ ।

नक्कली विवरण भरिएको अनुसूची फारमसहित निजगढ नगरपालिका-१२ का वडाध्यक्ष ज्ञानबहादुर गोलेले २४ जेठमा इलाका प्रशासन कार्यालयलाई नागरिकताका लागि सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा इलाका प्रशासन कार्यालयले रजनीलाई १ असारमा नागरिकता दिएको हो ।

वडाध्यक्ष गोलेले नक्कली अभिभावक र झुटो विवरणको विषयमा आफूलाई जानकारी नै नभएको बताए । ‘कागजपत्र सबै ठिक थियो, गाउँको चिनेकै मान्छे भएकाले सिफारिस गरेको हो,’ वडाध्यक्ष गोलेले भने, ‘तर अहिले भारतीय नागरिकले झुक्याएर नागरिकता लगेको जानकारी हुन आएको छ । त्यसैले बदरका लागि प्रक्रिया सुरु गरेको छु ।’

गोले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनकै सिफारिसका आधारमा भारतीय नागरिकले नागरिकता प्राप्त गरेपछि यतिबेला उनीसमेत छानबिनको दायरामा तानिएका छन् । ईलाका प्रशासन कार्यालयले वडाध्यक्ष गोलेसहित रजनीको नक्कली अभिभावकलाई नागरिकतासहित उपस्थित गराउन निजगढस्थित इलाका प्रहरी कार्यालयलाई पत्र काटेको छ ।

यसअघि नागरिकता प्राप्त गरेकी रजनीलाई हाजिर हुन पत्र काटेको प्रशासनले उनी सम्पर्कविहीन भएपछि वडाध्यक्ष र अभिभावकको नाममा अर्को पत्र काटेको हो । रजनीका नक्कली अभिभावकसमेत सम्पर्कमा छैनन् । इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले नागरिकता प्राप्त गर्ने व्यक्ति हाल सम्पर्कमा नभएका कारण वडाध्यक्ष र अभिभावकलाई उपस्थित हुन पत्र काटिएको जानकारी दिए ।

‘हामीले पहिला नागरिकता प्राप्त गर्ने व्यक्तिलाई खोज्यौँ । तर, सम्पर्क हुने स्थिति नभएपछि वडाध्यक्ष र अभिभावकलाई बोलाएका छौ,’ अर्यालले भने ‘उहाँहरू आएपछि नागरिकताको विषयमा छानबिन गरेर बदरसहित आवश्यक प्रक्रिया अघि बढाउछौं ।’

कार्यालयबाट जारी भएको सक्कली नागरिकता फर्काउने काम पहिलो प्राथमिकतामा रहने र बदरका लागि गृह मन्त्रालयमा प्रक्रिया थालिने अर्यालको भनाइ छ । नागरिकता कार्यालयबाट जारी भए पनि बदर गर्ने अधिकार गृह मन्त्रालयसँग मात्रै रहनेछ । ‘हामीसँग बदर गर्ने अधिकार हुँदैन । त्यसैले गृह मन्त्रालयमार्फत प्रक्रिया अगाडी बढाउनुपर्छ,’ अर्यालले भने ।

भारतीय नागरिकले नागरिकता लगेको विषयमा अर्यालसमेत अनविज्ञ देखिन्छन् । वडा कार्यालयको सिफारिस, जन्मदर्ता, प्रहरी सर्जमिन मुचुल्कालगायत सबै कागजात पूरा देखेपछि कार्यालयले नागरिकता जारी गरेको अर्यालले बताए । ‘हामीले सिफारिस भई आउने कागजपत्र हेर्ने हो, कागजपत्रमा कुनै शंका लागेमा मात्रै छानबिन गरेर नागरिकता दिने गरेका छौँ,’ अर्यालले भने, ‘तर यो विषयमा सबै कागजात पूरा देखेपछि नागरिकता जारी भएको हो ।’

जनप्रतिनिधि र प्रशासनलाई झुक्याएर नागरिकता लिएकी रजनीले गोले परिवारलाई आर्थिक प्रलोभन देखाएर प्रयोग गरेको देखिन्छ । दार्जिलिङबाट नागरिकता बनाउनकै लागि निजगढ आएकी उनी त्यसयता सम्पर्क बाहिर छिन् । रजनीले पासपोर्ट बनाउनका लागि नेपाली नागरिकता लिएको र पासपोर्ट बनाएर बिदेश जाने तयारीमा रहेको समेत बुझिएको छ ।

इन्दिप कोइराला/न्युज कारखाना

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चितवनको राप्तीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
कोरोना संक्रमण बढेपछि चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका
शहिद शिव प्रसाद पौडेलको सम्झनामा फुटसल प्रतियोगिता हुने, प्रथम हुनेले रु ५१ हजार ५ सय ५५ पाउने

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

चीन ताईवान विवाद किन?

ताजा

चितवनको राप्तीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कोरोना संक्रमण बढेपछि चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

शहिद शिव प्रसाद पौडेलको सम्झनामा फुटसल प्रतियोगिता हुने, प्रथम हुनेले रु ५१ हजार ५ सय ५५ पाउने

मुलधारमा समावेश हुन असन्तुष्ट नेता कार्यकर्तालाई कांग्रेस चितवनको आह्वान

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.