चितवनमा जबरजस्तीकरणीको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वी चितवनको कालिका नगरपालिका ८ का २१ वर्षीय युवक रहेका छन् ।
गत १३ गते खैरहनीकी एक महिलालाई जबरजस्तीकरणीको आरोपमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । १४ गते युवतीले दिएको उजुरीको आधारमा सोही दिन राति १० बजे उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राति १०:३० बजे राप्ती नगरपालिका ५ चौकीडाँडा स्थित चौतारामा भेट्न बोलाएर माया गर्छु, विवाह गर्छु भनी प्रलोभन देखाई जवरजस्तीकरणी गरेको युवतीको उजुरीमा उल्लेख छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।