• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शनिबार, साउन २८, २०७९
शनिबार, साउन २८, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
  • १२ मिनेट 

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
  • ३ घण्टा 

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • १० घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • १० घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • १२ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • १३ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • १३ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • १३ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ३. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ४. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ५. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ६. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ७. चीन ताईवान विवाद किन?

  • ८. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ९. विभिन्न जिल्लामा मल पठाउन थालियो

  • १०. तपाइंको आजको भाग्यफल यस्तो छ

चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

  •   १ हप्ता अघि

चितवन , साउन १९ : चितवनमा वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै ठगिने घटनाहरु पनि बढ्दै गएका छन् । वैदेशिक रोजगारीका लागि भन्दै अवैद्यरुपमा सञ्चालनमा आएका टे«निङ सेन्टर, ओभरसिज र कन्सल्टेन्सीबाट धेरै युवाहरु ठगिने गरेका हुन् । उनीहरुको लाखौं रकम डुबेको पाइएको छ ।

भरतपुर महानगरपालिका–१० रिजाल चोक नजिकै रोजगारका लागि विदेश पठाउने भन्दै ब्लु वर्ड टे«निङ सेन्टर (बीबी) ले पनि लाखौं ठगी गरेको आरोप लागेको छ । नरेन्द्र कुँवरले सञ्चालन गरेको यो टे«निङ सेन्टरले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ४० देखि ५० जनाको लाखौं रुपैयाँ असुलेको पीडित देवराज चौधरीले बताए ।

चौधरीले विज्ञापन हेरेर माल्टा जानका लागि ब्लु वर्ड गएका थिए । रत्ननगर नगरपालिका–८ बागमाराका उनले ब्लु वर्डका सञ्चालक नरेन्द्र कुँवरको नाममा बैंकबाट दुई लाख समेत भुक्तानी दिइसकेका छन् । मेघा बैंक नेपाल लिमिटेडको खाता नम्बर ०५१००५०००७०७७ मा उनले पहिलो पटक २०७५ साल फागुन १४ गते मंगलबार एक लाख रुपैयाँ पठाएका थिए । त्यसपछि २०७६ साल असार ११ गते बुधबार एक लाख पुनः बुझाए । आफूले दिएको रकम माग्दा नरेन्द्र कुँवरले फोन नउठाउने र उठे पनि धम्काउने गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगारमा मलेसिया गइसकेका उनी स्वदेशमा फर्केपछि खेती किसानीमा लागेका थिए । यसमा पनि कुनै भविष्य नदेखेपछि उनी लाखौं खर्चेर माल्टा जान तयार भएका हुन् । ब्लु वर्डमा अंग्रेजीमा अन्तरर्वाता दिएका चौधरीले राम्रोसँग पास गरेको बताउँछन् ।

ब्लु बर्डबाट ठगिने उनीमात्र होइनन् । राप्ती नगरपालिका–३ भण्डाराका सुरेश चौधरीको पीडा पनि उस्तै छ । उनले पनि माल्टा जानको लागि एक लाख ५० हजार रुपैयाँ फसेको बताए । उनले भने, ‘ यसभन्दा पहिला साउदी गएर फर्किएको हूँ । त्यहाँ मैले बजारमा काम गर्थेँ । एक वर्ष घरमै बिताएपछि फेरि माल्टा जाने तयारीमा लागेँ ।’

त्यसैगरी रत्ननगर नगरपालिका–८ बागमाराका अमित कुमार महतोले पनि दुई लाख माल्टा जानको लागि बुझाइ सकेका छन् । दुबइमा सेक्युरिटी गार्डको काम गरेर फर्किएका उनले स्वदेशमै केही गर्ने सोच बनाए । तर यहाँको महँगीले घर धान्न धौधौ भएपछि काम गर्ने वातावरण नभएर माल्टा जाने भनेर बीबीमा गएको दुःखेसो पोखे । सोही ठाउँका विपिन महतोले पनि दुई लाख बुझाएको बताउछन् । ८ वर्ष कतार बसेका उनले त्यहाँ प्राविधिकको काम गर्थे ।

उनीहरु सबै टेलिभिजनमा विज्ञापन देखेर ब्लु बर्ड गएका हुन् । यसबाट धेरै जना ठगिएकाले अब सामूहिक रुपमा अगाडि बड्ने उनीहरुको योजना छ । तर, जाहेरी दायर गरेको यतिका वर्ष हुदा पनि वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन र जिल्ला प्रहरीको ध्यान नगएको पीडित विपिनको भनाइ छ ।

प्रशासनले तपाइँहरु समातेर ल्याउनुस् हामी कारबाही गर्छौ भन्ने जस्तो अभिव्यक्ति दिएको उनिहरुले गुनासो गरे । महतोले भने, ‘ विज्ञापनबाट ठिकै त होला भनेर खोजतलास नगरी ब्लु बर्ड गयौं । चार वर्ष पुग्न लाग्यो पैसा तिरेको । सञ्चालकलाई फोन गरे उठाउदैन, म्यासेज चाही कहिलेकाहीँ फर्काउछ । उल्टै धम्काउने गरेको छ । जिल्लाको प्रशासनमा निवेदन हालेका छौं तर उल्टै हामीलाई खोजेर ल्याउ भन्छन् ।’

लाखौं रकम ठगी गरेका कुँवर सम्पर्कविहीन छन् । उनलाई खोज्ने कानुनको दायरामा ल्याउने र कानुन अनुसारको कारबाही गर्ने सरोकारवालाको काम हो तर उल्टै पीडितलाई नै पीडक खोज्न लगाउनुले नेपालको कानुन जनताप्रति कतिको जिम्मेवार छ भन्ने देखाउँने ठगीमा परेका युवाहरुको भनाइ छ ।

कोरोनाले देश तथा विदेशमा लकडाउन हुँदा अन्तर्राष्ट्रिय उडान लामो समयसम्म बन्द हुने भएपछि उनीहरुले सो बुझाएको रकम माग गरेका थिए । जिल्ला प्रशासन कार्यालय चितवनमा आधा दर्जन बढीको सहभागितामा ब्लु वर्डविरुद्ध निवेदन समेत परेको थियो । २०७६ साल माघ १७ गते भरतपुर महानगरपालिका–२७ का गुनाबहादुर गुरुङले यो निवेदन प्रशासनमा पेस गरेका थिए । जसमा गुरुङले माल्टाको लागि एक लाख २० हजार रुपैयाँ बुझाएको पाइन्छ । यस्तै मेघेन्द्र अधिकारी दुई लाख, रामकृष्ण घिमिरे दुई लाख, अशोक कुमार दुराले दुई लाख, सुरेश चौधरी एक लाख ५० हजार, देव राज चौधरीले दुई लाख, जितेन्द्र चौधरीले एक लाख, कमलबहादुर थापा मगरले दुई लाख, अमित महतोले दुई लाख, सरोज महतोले दुई लाख रुपैयाँ बुझाएका छन् । जुन रकम अहिलेसम्म नपाएको रामकृष्ण घिमिरेले बताए ।

प्रशासनमा निवेदन परेको ३२ दिनपछि कुँवरले फागुन २१ गते सबैको पैसा फिर्ता गर्ने प्रतिबद्धतासहित कागज गरेका थिए । आफ्नै कार्यालयमा उनले अधिवक्ता बोलाई आठ महिना भित्र विदेश पठाउन नसके रकम फिर्ता गर्ने भनी कागज गरेका छन् । जुन प्रतिबद्धता कागजमा मात्र सीमित भएको छ ।

यस कागजमा कुँवरले मात्र हस्ताक्षर र औंठा छाप गरेका छन् । साक्षी बसेका खैरहनी नगरपालिका–१२ की २३ वर्षीय पूजा पाठक र भरतपुर २६ का ४२ वर्षिय अर्जुन बरालको भने हस्ताक्षर र औंठा छाप छैन ।

जिल्ला प्रशासन कार्यालय चितवन निवेदन पर्दा तत्कालिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई रहेका थिए । उनको २०७७ साल ११ महिना १६ गते सरुवा भएको थिए । उनले यस विषयमा कुनै काम गरेको पाइँदैन । यसपछि प्रेमलाल लामिछाने प्रमुख जिल्ला अधिकारीका रुपमा आए । उनको कार्यकाल २०७८ साल ६ महिना १ गते सकियो । यो समयमा पनि कुनै काम हुन सकेन । अहिले प्रमुख जिल्ला अधिकारीमा अस्मान तामाङ रहेका छन् । तर, तामाङले भने यस विषयमा कुनै जानकारी नभएको नारायणी अनलाइनलाई बताए। यसरी ठगिएका पीडितलाई जिल्ला प्रशासन आउन तामाङले आग्रह गरेका छन् । उनले भने, ‘यस विषयमा मलाई केही जानकारी छैन । कति जना ठगिनु भएको हो प्रशासन आउनुस् । कारबाही हुन्छ ।’

न्यायको खोजीमा भौतारिँदै पीडित

यसै विषयमा वैदशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पनि जाहेरी दर्खास्त परेको छ । निरञ्जन महतोसहितका चार जनाले २०७७ साल फागुन २ गते जाहेरी दिएका थिए । माल्टा पठाउन भन्दै कुँवरले चितवन रत्ननगर–८ बागमाराका सरोज महतोबाट एक लाख, सोही ठाउँका निरञ्जन महतोबाट ६ लाख, सुदाम सहानीबाट चार लाख ५० हजार र खैरहनी नगरपालिका–१ ज्यामिरेका अभिनास महतोबाट चार लाख रकम लिएका थिए ।

माल्टा देशको लागी क्लिनर, वेटर काममा मासिक तलब एक लाख हुने भनेपछि ढुक्क भएर पैसा दिएको पीडित निरञ्जन महतोले बताए । कुल खर्च भने ८ लाख लाग्ने र आफ्नो टे्«निङ सेन्टर मार्फत टे«ण्ड गरेर पठाउने भनि विश्वस्त पारेको उनको भनाइ छ ।

जाहेरी परेसंँगै वैदशिक रोजगार विभागले जिल्ला प्रहरी कार्यालय चितवन र माहानगरीय प्रहरी कार्यालय रानी पोखरी काठमाडौंलाई आर्थिक वर्ष २०७७ –०७८ मा खामबन्दी गरेर पत्र पठाएको छ । तर, यी दुवै निकायले कुनै काम गरेको देखिँदैन ।

 

को हुन् त नरेन्द्र कुँवर ?

३१ वर्षीय नरेन्द्र कुँवर पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नं. २ का हुन् । उनी गंगाबहादुर कुँवरका छोरा हुन् । हाल भने उनी काठमाडौं महानगरपालिका–७ मा बसोबास गरिरहेको वैदशिक रोजगार विभागमा परेको जाहेरीमा उल्लेख छ । साथै उनले ब्लु बर्ड टे«निङ सेन्टर विभागसँग इजाजत नलिइ सञ्चालन गरेका हुन् ।

उनको घर भरतपुर महानगरपालिका–५ विकास चोकमा पनि रहेको छ । नरेन्द्र कुँवर भने घरमा कहिलै नआएको स्थानियले बताएका छन् । कुँवरले ब्लु बर्ड सञ्चालन गरेको घर धनीलाई भाडा तिर्न बाँकी छ । घर धनी चिरञ्जीवी रिजालले चार लाख ५० हजार जति लिन बाँकी रहेको जानकारी दिएका हुन् ।

स्रोत :  प्रतिमा कुमाल : नारायणी अनलाइन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

ताजा

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.