मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Ariesपशु चौपाया तथा कृषिजन्य उत्पादन बाट लाभ होला नसोचेको कार्य पुरा हुनाले मन हर्षित रहनेछ । इज्जत तथा प्रतिष्ठामा बृधि हुनेछ, धार्मिक कार्यमा सहभागी हुने अवसर छ । आजको दिन ओम् गम् गणपतय मन्त्र जप गरि शुरु गर्दा लाभ होला ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurusरोग तथा शत्रु माथि बिजय प्राप्त होला अधुरा कामहरु सम्पन्न होलान, सबैको साथ र सहयोगले भाग्योदय होला, सबैको प्यारो बन्ने समय छ । तर पश्चिम तिरको यात्रा गर्दा साबधानी अपनाउनुहोला । आजको दिन ११ वा २१ वटा दुबो गणेश भगवानलाई चढाएर शुरु गर्दा उत्तम हुनेछ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Geminiनया कार्य गर्दा विचार गरेर मात्र गर्नु होला, लामो तथा छोटो दुरीको यात्रा हुनसक्छ, मनमा खिन्नता आउनेछ साझ पख बाट समय परिबर्तन भइ शुभ समाचार सुन्न पाइएला। आजको दिन ओम् नाम शिबाय मन्त्र जप गरेमा उत्तम हुनेछ ।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancerसमय अनुकुल रहेको छ शत्रु हरु पनि पाउ पर्ने छन् शारीरिक तथा मानसिक रुपमा सबल भइनेछ। तर पनि मध्यान् तिर बाट भने मन मा भय रहनेछ। बुढा बुढी को सेवा गरेमा आजको दिन सफल रहनेछ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leoपरिवारको साथ र सहयोग पाइनेछ, रमाइलो अबसरहरु आउनेछ, समाज सेवामा मन जानेछ , शुभ समाचार ले मन प्रसन्न रहनेछ। तपाई आजको दिन कालो बस्तुको प्रयोग बाट टाढा रहदा राम्रो हुनेछ ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgoअध्ययन तथा अध्यापनका नया बाटाहरु खुल्नेछन, प्रेम सम्बन्ध प्रगाढ हुनेछ। शारीरिक रुपमा केहि समस्या भएपनि मानसिक शान्ति मिल्नेछ, तर मध्यान्न तिर भने खुट्टा मा चोटपटक लाग्न सक्छ, साबधान रहनुहोला । आजको दिन गणेश भगवान लाइ दुबो चढाएमा राम्रो हुनेछ ।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libraव्यापार ब्यबसाय बाट मनग्य आम्दानी होला नयाँ कारोबारको थालनी हुनसक्छ । मनमा केहि भय भएतापनि कार्यमा अबरोध हुनेछैन पत्नी तथा सन्तान पक्ष बाट सहयोग पाइनेछ । आजको दिन सूर्यलाई जल चढायर सुरुवात गर्दा राम्रो हुनेछ ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpioतपाइलाई आज सरकारी पक्ष बाट दण्ड जरिवाना पनि हुन सक्छ । साबधान रहनुहोला l जग्गा जमिन सम्बन्धी विवाद नहोला भन्न सकिन्न । तर मध्यान्न पछी केहि सुधार भइ साथ र सहयोग प्राप्त गर्न सकिएला । आजको दिन चन्द्रमा लाइ जल चढाउदा राम्रो हुनेछ ।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittariusअधुरा कामहरु सहजै सम्पन्न हुनेछन , ठुलाबडाको संगत होला खान पान तथा मनोरंजनमै समय बित्ला, लामो तथा छोटो दुरीको यात्रा हुन सक्छ। आजको दिन गाईबस्तुलाई घास वा अन्न दियामा अझै उत्तम हुनेछ ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricornगढेको धन प्राप्त हुने समय छ, पति पत्नी बीच आपसी तालमेलको कारण परिवारमा खुसि छाउला, भाग्योदय हुने समय आएको छ, तर साझपख मनमा खिन्नता आउनेछ, बोल्दा साबधानी अपनाउनुहोला। आजको दिन मांस मदिरा सेवन नगरेमा अझै उत्तम हुने देखिन्छ ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquariusलामो समयपछि प्रियजन संग भेट होला , आशा मारेको बस्तु तथा धन प्राप्त हुदा मन हर्सित हुनेछ, तर टाउको दुख्ने समस्या ले सताउन सक्छ, खानपान मा ध्यान दिनुहोला। आजको दिन सेतो बस्तुबाट टाढा रहन सके अझै राम्रो हुनेछ।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Piscesजागिर तथा नोकरीबाट लाभ हुने समय आएको छ , मान, पद , प्रतिष्ठा प्राप्त हुनाले मनमा हर्ष हुनेछ। परिवार तथा इस्टमित्रको सहयोगले कार्यहरु सफल हुनेछन । आजको दिन मन्दिरमा गएर केशरी वा अबिर चढाएमा अझै राम्रो हुनेछ ।
आज मिती २०७९ श्रावण २० गतेको राशिफल
आज मिती २०७९ श्रावण २० गतेको राशिफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

