चितवन राष्ट्रिय निकुञ्जले जंगलभित्र बाटोको दुवैतर्फ १०-१० मिटर झाडी फाँड्न अनुमती दिएको छ ।
झाडीमा लुकेर बस्ने बाघ, बँदेल, गैंडा, हरिण, हात्ती, अजिंगर लगायतका जनावरहरु अचानक बाटोमा निक्लिएर दुर्घटना वा आक्रमणको खतरा बढेपछि फाँड्न गर्न अनुमती दिएको हो।
साउन २१ अर्थात् आजदेखि भदौ २० गतेसम्म पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, माडी-१, बरुवा चितवनलाई निकुञ्जभित्र कसरादेखि वनकट्टास्थित रीउ पुलसम्म बाटोको दुवैतर्फ १०-१० मिटर झाडी सफा गरिने पाँचपाण्डव उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले जानकारी दिनुभयो ।
झाडी फाँड्न माडी नगरपालिकाले ३ लाख रुपैंया विनियोजन समेत गरेको छ ।

