पश्चिम चितवनको मुटु मानिने चनौली बजारमा सवारी साधनको चाप बढे संगै उचित पार्किंग को ब्यबस्था नहुँदा सवारी साधन यत्रतत्र पार्किंग गरिंदै आइएको थियो ! अब्यबस्थित सवारी पार्किंग ले बेला बखत ससाना सडक दुर्घटना समेत हुने गरेका थिए !
भरतपुर महानगरपालिकाको वडा नम्बर १८ र २० मा अबस्थित चनौली बजारमा मालपोत कार्यालय भएको हुनाले पनि दिउसोको समयमा अत्यधिक सवारी चाप हुने गरेको छ ! यसै बिषयलाई मध्यनजर गर्दै चनौली बजार स्थित नवगठित बजार ब्यबस्थापन समितिले आजैका मिति देखि एकतर्फी पार्किंग ब्यबस्था लागु गरिसकेको छ !
स्मरण रहोस केहि दिन अगाडी गठित बजार ब्यबस्थापन समितिको नया कार्यसमितिमा स्थानीय युवा र युवा व्यवसायीको नेतृत्व रहेको छ !