भरतपुर । चितवनमा शनिबार नयाँ कोरोना संक्रमित थपिनेको संख्या भन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा सात संक्रमित थपिँदा १८ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेको संख्या धेरै भएपछि आज (शनिबार) जिल्लामा ८९ जना सक्रिय संक्रमित छन् । जसमध्ये ८४ संक्रमित होम आइसोलेसन र पाँच संक्रमित अस्पताल आइसोलेसनमा छन् । हिजो शुक्रबार सक्रिय संक्रमितको संख्या एक सय पुगेको थियो ।
आज भरतपुर अस्पतालमा १० संक्रमित उपचाररत छन् । पाँच संक्रमित आइसियु र पाँच संक्रमित एचडियुमा उपचाररत छन् । जिल्लामा हालसम्म ३३ हजार ८४७ जनालाई संक्रमण पुष्टि भएको छ भने ४५० संक्रमितको मृत्यु भएको छ ।