निराज रानाभाट : नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ` स्याङ्ग्जा समाज जापान ´ ले जापानका ३ ठूला शहरहरु टोकियो , सिजुओका र नागोयामा तीज फेष्टिबल गर्ने भएको छ ।
कार्यक्रम यहीँ अगष्ट २८ तारिख , अाइबार , टोकियोमा नाकनो जेरो हल , सिजुओकामा २९ तारिख , सोमबार , आईसेरु २१ हल र नागोयामा ३१ तारिक , बुधबार , नागोया कोकुसाइ सेन्टरमा हुने समाजका अध्यक्ष धुर्ब ज्ञवालीले जानकारी दिए ।
कुनै समय जापानकै तीज कार्यक्रमको इतिहासमा अत्याधिक सफल कार्यक्रम गरेको समाजले विगत केही वर्ष विश्वव्यापी महामारी काेराेना भाइरस ( कोभिड – १९ ) का कारण ठूलो कार्यक्रम गर्न सकेको थिएन ।
यसपटक भने जापानको विभिन्न शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरि जापानमा रहेका नेपाली दिदीबहिनीहरुलाई तीजको प्यास मेटाउनको लागि नेपाली लोक दोहोरी क्षेत्रका वरिष्ठ लोक दोहोरी गायिका शर्मिला गुरुङ र चर्चित लोक दोहोरी तथा सर्जक गायक पशुपति शर्मा जापान आउने भएका छन् ।
साथै , टोकियो र नागोयाको लागि भने जापानमै कर्म थलो बनाएका मिठो स्वरको धनी तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानका अध्यक्ष समेत रहेका प्रदेशी गायक सुर्य खड्कालगायत स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने छ ।
समाजले यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई आकस्मिक रुपमा भैइपरी आउने दैबिक प्रकोप लगायत विविध आपत बिपतमा परेकाहरुको उद्दारको लागि “ आपतकालीन राहत कोष सहयोगार्थ ´´ गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानबासी नेपालीहरुलाई आफूलाई पायक पर्ने ठाउँ गई मनोरन्जन लिन हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।