भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा गरेका उपलब्धीबारे समिक्षा गरेको छ । महानगरपालिकाले आर्थिक वर्षमा महानगरभित्र भएका विकास निर्माण, राजस्व संकलन, सुशासन लगायतका विषयमा समिक्षा गरेको हो ।
महानगरपालिकाको सभाहलमा भएको समिक्षा गोष्ठीमा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुतीकरण गरेका थिए । महानगरपालिकाले गत आर्थिक वर्षमा सबैभन्दा बढी सडक पूर्वाधार निर्माण, सडकको स्तरोन्नती गरेको देखिएको छ । ५ वर्षअघि १ किलोमिटर कालोपत्रे पनि भएको वडामा अहिले औसतमा ३० किमी सडक कालोपत्र निर्माण भएको तथ्याङकमा उल्लेख छ ।
‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुहोस,उहाँले भन्नुभयो,‘सेवाग्राहीमैत्री कार्य प्रणाली लागु गर्नुहोस् । कुनै पनि कार्यमा अवरोध भए त्यसको समधानतर्फ लाग्नुहोस् । काम गर्न चाहेँ असम्भव केही पनि छैन ।’
मेयर दाहालले पूर्वाधार निर्माणमा गुणस्तरीयता मुख्य विषय भएकाले नियमित अनुगमन र सुपरिवेक्षण गर्न सम्बन्धीत कर्मचारीलाई निर्देशन दिनुभयो । समयमै काम नगर्ने, गुणस्तरहिन काम गर्ने निर्माण गर्ने निर्माण व्यवसायी र उपभोक्ता समितिहरुलाई कारबाही समेत गर्न निर्देशन दिनुभएको थियो । वार्षिक समिक्षा गोष्ठीमा वडा अध्यक्षहरूका साथै शाखा, महाशाखाका कर्मचारीहरूले विषयगत समिक्षा,समस्या र समाधानका विषयहरु प्रस्तुत गरेका थिए ।

