स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर क्यासमिरो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन्। युनाइटेडले ३० वर्षीय क्यासेमिरोलाई ७० मिलियन युरोमा चार वर्षको लागि अनुबन्ध गरेको हो। उनी २०२७ सम्म म्यानचेस्टरमा रहनेछ।
रियलले क्यासमिरो क्लब छाड्ने आधिकारिक रुपमा पुष्टि गरिसकेको छ। युनाइटेडले केही दिनमै क्यासमिरोलाई आधिकारिक रुपमा सार्वजनिक गर्ने छ।