नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ। क्यान्सर र निमोनियाकाे जटिलताका कारण उनकाे निधन भएकाे हाे।
उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।

