विनोद अधिकारी चितवन, ६ भदौ । अन्तर कलेज फुटसल प्रतियोगिता बुधवारबाट सुरु हुने भएको छ । चितवनको भरतपुर ओरालो स्थित एन.पि.आइ कलेजले आयोजना गर्ने प्रतियोगिता २ दिनसम्म चल्नेछ ।
क्षेत्रपुर स्थित ब्रोदर्श फुटसल अरिनामा आयोजना हुने प्रतियोगितामा चितवन र आसपासका जिल्लाका ४० टोली सहभागि हुनेछन् । भरतपुरमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा सहभागि हुने ४० टोलीको टुङ्गो लागिसकेको र भोली साझ खेल तालिका सार्वजनीक गरिने जनाएको छ । जिल्लाकै अहिले सम्मको अन्तर कलेज स्तरिय ठुलो प्रथम धनराशिको प्रतियोगिता रहेको आयोजकले दाबि गरेको छ । प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । साथै प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने एक खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सुरु हुनु अगावै ७ गते दिउँसो ४ बजे अखिल क्रान्तिकारी जिल्ला समिति र वाइसियल जिल्ला समितिको मैत्रिपुर्ण खेल हुने आयोजक टिमले जनाएको छ

