चितवन,भदौ ७ : चितवनमा बिहानै जबरजस्ती बन्द गराउँदै हिँड्ने पाँच जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ८ः२० बजेसम्म जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
जिल्लामा बन्दको सामान्य प्रभाव परेको उनले बताए । लामो दुरीका सवारी साधनलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ । विप्लव नेतृत्वको नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका थिए ।

