चितवन : माडीमा निर्माण सम्पन्न भएको एक पुलको उद्घाटन तथा केहि नयाँ योजनाहरुको सामुहिक शिलान्यासका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माडी आउनुहुने भएको छ ।
रौतनी पुल उद्घाटन तथा सडक, पुल र तटबन्धन परियोजनाहरुको सामुहिक शिलान्यासका लागि माडी आउँदा प्रचण्डले पाँच दलिय गठबन्धनका नेताहरुसंग भेटघाट र अगुवा कार्यकर्ता प्रशिक्षण समेत गर्नुहुने भएको छ ।
बुधबार बिहान ८ बजे माडी आइपुग्नुहुने प्रचण्डले दिउँसो १ बजे ५ दलीय गठबन्धनका माडी नगरस्तरीय नेताहरुसंग होटल प्याराडाइजमा सामुहिक भेटघाट गर्नुहुने कार्यक्रम रहेको माओवादी केन्द्र माडी नगरले जनाएको हो ।
त्यसैगरी बिहान ९ बजे, २५ करोड रुपैंया बजेटको १२ किलोमिटर लामो कालोपत्रे सडक र ८ वटा कल्भर्ट निर्माण योजनाहरु भैरवपुर सडक ९बरूवा०मा सामुहिक शिलान्यासको कार्यक्रम रहेको छ।
त्यसपश्चात बिहान १० बजे माडी(६, बसन्तपुरमा रौतनी पुलको समुद्घाटन गरी बिहान ११ः३० बजे २० करोड रुपैंया बजेटको टम्टा, परुई, मगुई र चितई खोला तटबन्धन परियोजनाहरुको सामुहिक शिलान्यास माडी ९, कृष्णनगरस्थित टम्टा खोलामा हुने जनाइएको छ ।
माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं। ३ बाट प्रतिनिधीसभा निर्वाचन लड्ने सार्वजनिक गरिसक्नुभएका प्रचण्डले पाँचदलीय नेताहरुसंग निर्वाचन लक्षित भेट गर्न लाग्नुभएको बुझिएको छ ।
त्यसपश्चात, दिउँसो २ बजे माओवादी केन्द्र र सो पार्टी सम्बद्ध जनवर्गिय संगठनका अगुवा कार्यकर्ताहरुलाई प्रचण्डले समसामयिक राजनैतिक प्रशिक्षण गर्नुहुने नेकपा ण्माओवादी केन्द्र) का माडी नगर अध्यक्ष प्रभु प्रसाद महतोले जानकारी दिए ।

