चितवन, भदौं ७: चितवनको नारायणगढमा रहेको नारायणी पुलबाट नारायणी नदीमा हाम फालेर एक युवती बेपत्ता भएकी छन् ।
खैरहनी नगरपालिका–७ सुर्तनी बस्ने २६ वर्षकी ऋचा उप्रेती आज दिउँसो नारायणी नदीमा हाम फालेर बेपत्ता भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिएका छन् ।
उद्दारका लागि प्रहरी कार्यालय, नारायणगढबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्रकुमारको कमाण्डमा विपद उद्दार सामाग्रीसहितको प्रहरी टोलीले खोज तलास गरिरहेको अधिकारीले बताए । वर्षायाममा नारायणीको पानीको सतह बढेकोले खोजी कार्यमा कठिनाइ उत्पन्न भइरहेको प्रहरीले जनाएको छ ।

