नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका सिनियर नेताको अपमान हुने गरी भइरहेको प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।
नाम उल्लेख नगरी झापाका एक युवकले अग्रज नेताबारे अप्रीतिकर ढंगबाट टिप्पणी गरेको भन्दै उनले आफ्नै पक्षधरता भए पनि आफूले सकारात्मक रुपमा लिन नसक्ने बताएका छन्।
अग्रज नेताबारे होच्याउने गरी भइरहेको गतिविधिलाई आफूले बारम्बार विनम्र ढंगले सम्झाउँदा र चेतावनी दिँदा पनि रुपान्तरण नभएपछि यसबारे सामाजिक सञ्जालमा पोष्ट गर्न बाध्य भएको महामन्त्री शर्माको भनाइ छ।

