काठमाडौं,भदौं ८: काठमाडौं महानगरले सुन्धारास्थित काठमाडौं मलअगाडि बनाइएका अवैध संरचना भत्काएको छ । नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काएको हो ।
संरचना भत्काउनुअघि महानगरका प्रहरीले ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराएका थिए ।
अवैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन् ।
यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।

