काठमाडौं महानगरपालिकाले अल्फाबिटा भवनको भुईं तला खाली गराउने भएको छ । पार्किङ खाली गर्नका लागि अवैध रूपमा बनाइएका संरचनाहरू भत्काउन महानगरले डोजर चलाउन सुरु गरिसकेको छ ।
बानेश्वर, बिजुलीबजारस्थित अल्फाबिटा भवनमा पार्किङका लागि नक्सा पास गरिएको भए पनि अनधिकृत रूपमा पसल सञ्चालन गरेकाले खाली गराउन लागिएको महानगरले जनाएको छ ।
अहिले मेयर बालेन डोजरसहित अल्फाबिटा भवनमा पुगेर डोजर चलाउन सुरु गरेका हुन् । बालेनले अल्फाबिटाको नक्सा देखाउँदै सामान हटाउन निर्देशन दिएसँगै डोजर चल्न सुरु भएको थियो । यता अल्फाबिटाले भने केही समय संरचना नभत्काउन आग्रह गरेको छ ।

