चनौली, भदौ १० । पश्चिम चितवनको मुटु चनौली निवासी रेडक्रसकर्मी कमला अर्यालको सातौँ दिनको पुण्यतिथिको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखा, चनौली बजार व्यवस्थापन समिति र कल्याण आमा समूहले संयुक्तरुपमा बिहीबार चनौली बजारमा श्रद्धाञ्जली सभाको आयोजना गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका अध्यक्ष ओमप्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव कालिका खनाल, चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष विनोद लामा र कल्याण आमा समूहकी अध्यक्ष विष्णुमाया पराजुलीलगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
भरतपुर–२०, चनौलीकी कमला अर्यालको ६६ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।
स्रोत : रामसरण गैरे , चितवन पोस्ट

