पोखरा। पोखरा महानगरपालिकाले आज एक सूचना जारी गर्दै पार्किङ प्रयोजनका लागि नक्शाको स्वीकृत लिएर बनाइएका भूमिगत तलासहितका भवनलाई पार्किङकै प्रयोजनका लागि प्रयोग गर्न आग्रह गरेको छ।
महानगरले घर धनीहरुलाई आजैका मितिबाट ३५ दिन भित्र भूमिगत तलालाई खाली गरी पार्किङकै रुपमा प्रयोग गर्न अन्यथा कानुन बमोजिम कारवाही गरिने जारी सुचनामा जनाएको छ।
अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह स्वयं स्क्याभेटर लिएर उत्रिएपछि पोखरामा पनि अन्डर ग्राउण्ड पार्किङ खाली गराउनु पर्नेमा जनआवाज उठेको थियो।

