काठमाडौं, भदौ १६: सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँटको लागि गठित कार्यदलले पटक–पटक बैठक बस्दा पनि सिट बाँडफाँटलाई टुंगोमा पु¥याउन सकेको छैन ।
कार्यदलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुंगोमा पुर्याउन सकस परेको छ ।

