इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार तेस्रो जित निकालेको छ। लगातार दुई खेल हारेको युनाइटेडले त्यसपछि पुनरागमन गर्दै तीन खेल जितेको हो।
बिहीबार राति भएको खेलमा युनाईटेडले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो। युनाईटेडको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे।
यस अघि युनाइटेडले साउथह्याम्टनलाई १–० र लिभरपुललाई २–१ ले हराएको थियो। युनाइटेड ब्रेनफोर्डसँग ४–० को लज्जास्पद हार व्यहोर्दा सिजनको पहिलो खेलमा ब्राइटनसँग २–१ ले पराजित भएको छ।
युनाईटेडले ५ खेलमा तीन जित र २ हार व्यहोर्दै ९ अंक जोडेको छ।

