मंसिर ४ गते हुने निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्वर ३ (क) बाट उम्मेदवार बन्न सांसद कृष्ण भुर्तेलले आवेदन दिएका छन् । आज (शुक्रबार) भुर्तेलले क्षेत्रिय समन्वय कमिटीको बैठकमा आवेदन दिएका हुन् । उनि सोही निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा विजयी भएका थिए ।
भुर्तेलसंगै युवा नेता अनेरास्ववियूका सचिवालय सदस्य प्रकाश भट्ट,एमाले चितवनका प्रचार विभाग प्रमुख रवि किरण पौडेल, केन्द्रिय सल्लाहाकार विष्णुहरी तिमिल्सिना, जिल्ला कमिटी सदस्य डोलनाथ अधिकारी, विजय कुमार विश्वकर्मा, ईश्वर थापा र जिल्ला कमिटी सल्लाहाकार मेनका रायमाझीले आवेदन दिएका छन् । आवेदन भोली (शनिवार) जिल्ला कमिटीमा पठाइने क्षेत्रिय समन्वय कमिटी संयोजक देवी प्रसाद पौडेलले जानकारी दिएका छन् ।

