विनोद अधिकारी
भरतपुर, १८ भदौ । लायन्स क्लब अफ भरतपुर सप्तरंगी र नेपाल लिभर केयर फाउन्डेसनको सह-आयोजना तथा विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा शनिबार भरतपुर १० महाँकालेश्वर मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा १०० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका हुन् ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् भरतपुर न १० का अध्यक्ष परमेश्वर खनालले जिल्लामा रगतको अभाव हुँदै जाँदा रक्तदान जस्तो पुण्य कार्य गरेकोमा लायन्स क्लब अफ भरतपुर सप्तरंगी र नेपाल लिभर केयर फाउन्डेसन र सहयोगी संस्था प्रति प्रसन्नता व्यक्त गर्नु भयो । रगत दान भन्दा ठुलो अरु दान हुन नसक्ने बताउनु हुर्दै उहाले यस्ता सामाजिक कार्यमा आँफु र वडा बाट हरकदममा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । त्यसै गरि कार्यक्रममा क्लबका अध्यक्ष सिता पाण्डेले आफ्नो अमुल्य रगत दान गर्ने स्वयंसेवक, रक्तदाता लगायत अन्य सहयोगीहरुलाइ धन्यवाद दिनु भयो ।
लायन्स क्लब अफ भरतपुर सप्तरंगीको हेल्थ क्याप कोर्डिनेटर अध्यक्ष सिता पाण्डे र नेपाल लिभर केयर फाउन्डेसनका अध्यक्ष डा. सागर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लायन्स जिल्ला आरका डिष्ट्रिक गर्भनर लायन सिद्धार्थ लाल चुके, पुर्व गर्भनर लायन राम प्रसाद भट्ट तथा अन्य लायन्स अतिथिहरु, ब्लड डोनर्स सोसाइटीका अध्यक्ष अर्जुन अधिकारी, युवा संजालका सम्योजक सन्देश वाग्ले विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,समाजसेवी लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई दिवस घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

