मंसिर ४ गते हुने निर्वाचनमा संघिय सांसदको उम्मेदवार बन्न नवलपुर क्षेत्र नम्वर १ बाट काँग्रेसका निवर्तमान महामन्त्री शशांक कोइराला र उद्योगपति विनोद चौधरीले आवेदन दिनुभएको छ । प्रत्यक्ष तर्फ निर्वाचन लड्नका लागि कोइराला र चौधरीले आज (शनिवार) क्षेत्रिय समितिमा आवेदन दिनुभएको हो ।
यस्तै हेमराज कोइराला,गणेश सापकोटा,ओमकला गौतम र महेन्द्रभक्त अधिकारीेले पनि उम्मेदवारीका लागि आवेदन दिनुभएको छ । समानुपातिक तर्फ ११ जनाले नाम दर्ता गराएको काँग्रेस नवलपुरले जानकारी दिएको छ ।

